९६ वर्षको उमेरमा नागरिकता
पहाडी जिल्ला लमजुङस्थित मध्यनेपाल नगरपालिका–२ तान्द्राङटक्सारका कृष्णबहादुर गुरुङले ९६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन्। एकचालीस वर्षीय कान्छो छोरा श्रीप्रसाद गुरुङले सनाखत गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय लमजुङबाट उहाँले नागरिकता प्राप्त गरेका हुन्
Advertisement 1
प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गुरुङलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेका थिए । नागरिकताका बारेमा ज्ञानको अभाव भएका वृद्धले नागरिकता नबनाएको र अहिले ढिलै भए पनि नागरिकता प्राप्त गरेको उनपको भनाइ छ । बेलायती सेनाबाट सेवा निवृत्त गुरुङ विसं १९८२ चैत ५ गते जन्मिएका थिए । उनी सन् १९४८ मा कुनै पनि कागजातबिना बेलायती सेनामा भर्ती भएका थिए।
बेलायती सेनामा भर्ती भएपश्चात् मलेसिया र सिङ्गापुरमा १५ वर्ष सेवा गरी निवृत्त भएपछि आफ्नै घर फर्किए । उनी करिब ४० वर्षदेखि घरमै बस्दै आएका छन्। दुई छोरालाई अंश दिने कुरामा समस्या आएपछि बल्ल नागरिकता बनाएको उनले बताए । यतिका वर्षपछि नागरिकता पाउँदा उनी दङ्ग परेका छन् ।
Advertisement 2
कृष्णबहादुरकी श्रीमती विजयामा गुरुङको नागरिकता भने बनिसकेको थियो । कृष्णबहादुर पति कायम गरी नागरिकता बनेकाले छोराछोरीको नागरिकता पनि बनिसकेको छ । गुरुङकी श्रीमतीको २० वर्षअघि निधन भइसकेको परिवारले जनाएको छ ।