प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा प्रधानमन्त्री शाहले बाढी तथा विपद्का कारण उत्पन्न यस कठिन घडीमा नेपाल र नेपाली जनताप्रति अष्ट्रेलिया सरकारबाट व्यक्त ऐक्यबद्धता, सद्भाव र मानवीय सहयोगका लागि हार्दिक कृतज्ञता व्यक्त गरे।

Advertisement 1

प्रधानमन्त्री शाहले खोज, उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले पु¥याएको महत्त्वपूर्ण सहयोग, विपद् सहायता तथा विपद् सहायता टोलीको परिचालन, विशेषज्ञ जनशक्तिको सहयोग तथा आवश्यक राहत सामग्री र उपकरणको उपलब्धताका लागि विशेष धन्यवाद दिनुभयो। अष्ट्रेलियाले घोषणा गरेको ११ मिलियन अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता नेपालप्रतिको अष्ट्रेलियाको मित्रता र ऐक्यबद्धताको महत्त्वपूर्ण अभिव्यक्ति भएको उनले उल्लेख गरे। त्यस अवसरमा वाढी प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका साथै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण र प्रतिरोध क्षमता अभिवृद्धिका लागि निरन्तर सहकार्यको विषयमा कुराकानी भएको थियो।

जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय मुलुकले भोगिरहेका बढ्दो जोखिमलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास ‘क्षति र नोक्सानी’ सम्बन्धी वित्तीय संयन्त्रमा सहज, पर्याप्त तथा पूर्वानुमानयोग्य पहुँचको महत्त्वमा समेत प्रधानमन्त्री शाहले जोड दिए।

Advertisement 2

भेटमा राजदूत साइमन अन्स्र्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति दुःख व्यक्त गरे। साथै, उनले हालै संयुक्त राष्ट्रसङ्घमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरेका थिए। भेटका क्रममा नेपाल–अष्ट्रेलिया सम्बन्धका विविध पक्षका साथै विपद् व्यवस्थापन, जलवायु, मानव संसाधन विकास तथा दीर्घकालीन सहकार्यका विषयमा समेत छलफल भएको थियो।

प्रकाशित :२०८३ आश्विन १५, बिहीबार १४:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम