९ महिनापछि संघीय निजामति सेवा विधेयक सदनमा पेश

कर्मचारीहरुको मुल कानुन संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभामा पेश भएको छ । आज बसेको बैठकमा संघीय निजामती सेवा विधेयक सम्बन्धी प्रतिवेदन पेस भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७७ पेस गरेकी हुन् । सो विद्येयक नौ महिनाअघि प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित भएको थियो ।
सो विद्येयक ७५ फागुन २३ मा सो विद्येयक समितिमा पेश भएको थियो । १३ वटा परिच्छेदल र १३८ वटा दफा रहेको सो विद्येयक उपर ८२ वटा दर्ता उपर ८५ वटा संशोधन परेको सभापति शशि श्रेष्ठले जानकारी दिएकी छिन् ।
क्रमसंख्या १ देखि ४५१ सम्म संशोधनका बिषयमा विद्येयकमाथि दफादार छलफल गरी सो विद्येयक समितिद्धारा पारित गर्दासम्मको अवधि अर्थात ०७६ साल वैशाख ५ देखि ७७ असार १५ सम्म समितिका १०३ वटा बैठक बसेको सभापति श्रेष्ठले जनाएकी छिन् ।

Advertisement 1

विद्येयकमा सरुवालाई पुर्नअनुमान योग्य,पारदर्शी,अनिवार्य चक्रीय प्रणाली लागू गर्ने,समायोजन भएका कर्मचारीहरुको वृत्ति विकास सुनिश्चिता कायम गर्ने लगायतका प्रशासनिक पुर्नसंरचनालाई समेत व्यवस्थित गर्ने बिषय समेटिएको बताइएको छ ।

प्रकाशित :२०७७ चैत्र २३, सोमबार १७:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry