२ सचिव को सरुवा तथा पदस्थापन

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।

Advertisement 1

त्यसैगरी, हालै सचिवमा बढुवा भएका रुद्रसिंह तामाङलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा पदस्थापन गरिएको छ।

सरकारले सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने क्रममा दुवाडीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको हो भने तामाङलाई उद्योग मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो।

Advertisement 2

तामाङ यसअघि विभिन्न सरकारी निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन्। सचिवमा बढुवा भएपछि उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको हो।

 

प्रकाशित :२०८३ आश्विन ५, सोमबार २०:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry