लमजुङमा विविध कार्यक्रम सहित निजामती कर्मचारी दिवस सम्पन्न
अञ्जनकुमार
व्यवसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने नारा सहित लमजुङमा पनि विविध कार्यक्रम सहित निजामती कर्मचारी दिवस सम्पन्न भएको छ ।
निजामती कर्मचारी मंचको आयोजनामा कर्मचारी निजामती कर्मचारी भर्सेज जनप्रतिनिधि बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, वृक्षारोपण कार्यक्रम, जिल्ला अस्पताल लमजुङमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरेर कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख अतिथ्यता एवम् प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई निजामती कर्मचारी मञ्चका अध्यक्ष कृषि ज्ञान केन्द्रका प्रमुख सुदिप खतिवडाले गर्नुभएको थियो ।
जिल्लामा रहेका सयौं निजामती कर्मचारीको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा स्थानीय तहका कर्मचारीले भने हातमा कालोपट्टि बाँधेर बिरोध जनाएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय निरीक्षक बुद्धि सुवेदीले गजल मुक्तक, जिल्ला समन्वयका कार्यालय प्रमुख तुलसीप्रसाद घिमिरे, जिप्रका लमजुङका प्रमुख डियसपी प्रकाश श्रीमल, जिल्ला न्यायधिवक्त पुर्णबहादुर थापामगरले गीत र गजल गाएर कार्यक्रमलाई रोमाञ्चित बनाएका थिए ।
सोही कार्यक्रममा प्रमुख अतिथि गुरुङले हिजो जनप्रतिनिधि नहुँदा पनि कर्मचारीहरुले जनताको सेवामा तल्लीन भएर लाग्नु भएको, र तपाईं कर्मचारीहरुनै स्थायी सरकार भएकोले कुनै पुर्वाग्रह नराखी, कुनै दल बिशेषको भन्दापनि स्वतन्त्र राष्ट्रसेवक भएर कोहि कसैको दवाबमा नपरी काम गर्न आग्रह गरे ।
पछिल्लो समय कर्मचारीहरुका अनेकौं काण्ड भ्रष्टाचारमा लिप्त भएको समाचारले आफुलाई नमजा लागेको बताउदै लोकसेवा पास गरेर अनेकौ हण्डरले खारिएर स्पात भएका कर्मचारीले सानोतिनो कर्ममा मन लोभ्याउदा जीवनभरको प्रतिष्ठा सकिने हुँदा कर्मचारी मित्रहरूले त्यस्ता अप्राकृतिक कर्ममा मन नडुलाउन आग्रह पनि उनको थियो ।
कार्यक्रमलाई बिट मार्दै उद्द्घोषकले ३ मिनेटमा समापन गर्न भनेपनि कार्यक्रमको अध्यक्षता गरिरहेका प्रजिअ रामकृष्ण अधिकारीले सिर्जना प्रस्तुति गर्ने कर्मचारीलाई हौसला प्रदान गर्दै कर्मचारीले त्यही भावमा सेवाग्राही मन जितेर काम गर्नुपर्ने धारणा राखे । ३ मिनेट समय भनेपनि १५ मिनेट जति समय लिएका अधिकारीले नारा अनुसारको काम गर्नुपर्ने बताए । प्रजिअ अधिकारीले निजामती सेवालाई राजनीतिले सञ्चालित र नियन्त्रित गर्न खोज्छ तर हामी कर्मचारीले कानुनको पालना र इमान्दारीपूर्वक काम गर्नु पर्ने बताए ।
जनप्रनितिनिधि र कर्मचारी बिच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेसीशहर नगरपालिका तर्फबाट खेल्ने टिमले १४ का विरुद्ध १७ गोल हानी प्रथम भएको थियो । जनप्रतिनिधि भनिएपनि एकदुइ जना जनप्रतिनिधि भन्दा अन्य पालिकाका कर्मचारी भएको आयोजकले बताए । प्रमुख अतिथि गुरुङले खेलमा बिजयी खेलाडीलाई सिल्ड प्रमाणपत्र र सिर्जना प्रस्तुत गर्ने कर्मचारीलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
उता, नेपाल निजामती कर्मचारी युनियन लमजुङले आफ्नो स्थापना दिवसको अवसरमा गत मंगलबार राइनास नगरपालिका–८ हर्राबोटस्थित सर्वोदय सेवाआश्रमलाई खाद्यान्न तथा फलफूल वितरण गरेको थियोे । कर्मचारी युनियन लमजुङका सभापति विष्णुहरि न्यौपानेको अगुवाइमा आश्रममा आश्रित वृद्धवृद्धालाई खाद्यान्न वितरण गरिएको थियो ।
प्रकाशित :२०८० भाद्र २५, सोमबार १०:०४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%