पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको छ। आयोगले करार सेवामा शिक्षक नियुक्त गर्नका लागि विज्ञापन प्रकाशन गरी हालसम्म सो प्रक्रिया जारी रहेको भन्ने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी प्राप्त भएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
Advertisement 1
गाउँपालिकाले ७९ साल भदौं २५ गतेको सूचनाबाट करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरेकोमा उक्त सूचना बमोजिम शिक्षक नियुक्ति प्रक्रिया अघि बढाएपछि आयोगले पालिकाको अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण सोधेको हो ।
आयोगले पालिकाका अध्यक्ष मनोज कुमार र प्रमुख प्रशासकीय शम्भुप्रसाद साहलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न अन्यथा कानुन बमोजिम कारबाही हुने जनाएको छ ।
प्रकाशित :२०७९ मंसिर २, शुक्रबार १२:४१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%