विवादमा मुछिएपछि अर्थसचिव अनिश्चितकालका लागि बिदामा

बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गराइएको बिषयमा अहिले चौतर्फी निशानामा छन् अर्थमन्त्री जर्नादन शर्मा । प्रतिपक्षीमात्र होइन सत्तापक्षका सांसद र नेताहरु नै उनको राजीनामा मागिरेहका छन् । बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति पूर्व नासु रघुनाथ घिमिरेलाई प्रवेश गराइएको र राजश्वको दर हेरफेर गरेको कुरा बाहिरियो । यो प्रकरण तातिरहेको समयमा उपभोक्ता हित संरक्षण मञ्च, नेपालले गत १४ असारमा अर्थ मन्त्रालयसंग सिसिटिभी फुटेजको प्रतिलिपि मागेको थियो । तर अर्थले उक्त फुटेज नै डिलिट भएको जबाफ फर्काएसँगै अर्थमन्त्री र अर्थका अधिकारीहरु झनै बिबादमा मुछिए ।

Advertisement 1

एक पछि अर्काे विवाद र लफडामा मुछिएपछि अर्थ सचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । उनी आजैदेखि अनिश्चितकालका लागि बिदामा बसेका हुन ।अर्थ सचिव मरासिनीले अर्थमन्त्री जर्नादन शर्मा पदमा बहाल रहुञ्जेल काममा नफर्कने गरी बिदा लिएका हुन । मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिइसकेका छन् ।

अर्थमन्त्री जर्नादन शर्मा जति विवादमा छन् । अर्थ सचिव मधुकुमार मरासिनी र राजश्व सचिव कृष्णहरि पुष्कर पनि उतिकै विवादमा आलोचना बढ्दै गएपछि उनी बुधबारदेखि विदामा बसेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित :२०७९ असार २२, बुधबार ११:२१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry