१८ सचिवसहित २२६१ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश (सूचीसहित)

चालु आर्थिक बर्षमा २२६१ जना कर्मचारीहरुले अनिवार्य अवकाशमा जाँदैछन् । निजामती कर्मचारीको वैयक्तिक विवरण राख्दै आएको निजामती किताबखानाका अनुसार चालु आर्थिक बर्षको साउनदेखि असार मसान्तसम्ममा २२६१ कर्मचारीहरुले अनिवार्य अवकाश पाउने छन् ।

Advertisement 1

किताबखानाको विवरण अनु्सार, यही आर्थिक बर्षमा १८ सचिवहरु अवकाशमा जाने भएका छन् । निजामती किताबखानाले इकर्मचारी डटकमलाई उपलव्ध गराएको विवरण अनुसार, पाँच बर्ष सेवा हद र ५८ बर्ष उमेर हद लागेर उमेर हद लागेर सचिवहरु धनराज ज्ञवाली, राममाया कुँवर, डा। गोपीकृष्ण खनाल, रविन्द्रनाथ श्रेष्ठ, पदमप्रसाद पाण्डेय, डा। दामोदर रेग्मी, भरतराज पौडेल, दिनेशकुमार घिमिरे, नारायणप्रसाद पौडेल, महेश्वर काफ्ले, सूर्यप्रसाद गौतम, देवकुमारी गुरागाईं, केवलप्रसाद भण्डारी, सुरेश अधिकारी, नारायणप्रसाद पन्थी, विश्वराज कोइराला, रेवतीरमण पौडेल, सुशीलचन्द्र तिवारी, लालबहादुर कुँवर जागिरबाट घर जाने भएका छन् ।

साउन महिनामा दुई जना सचिव अवकाश पाउनेछन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव धनराज ज्ञवाली भोलि अर्थात साउन ५ गते, साउन २३ गते महालेखा परीक्षकको कार्यालयकी उपमहालेखा परीक्षक राममाया कुँवर साउन २३ गते सेवानिवृत्त हुनेछिन् ।
भदौ ४ गते कर्णाली प्रदेशका प्रमुख सचिव डा गोपीकृष्ण खनाल, असोज ११ गते शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, असोज २१ गते संघीय संसद्मा कार्यरत सचिव पदमप्रसाद पाण्डेयले अवकाश पाउनेछन् ।

Advertisement 2

कात्तिक ११ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा। दामोदर रेग्मी, मंसिर २० गते परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, पुस ९ गते ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका ऊर्जा सचिव दिनेशकुमार घिमिरे र नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सचिव नारायणप्रसाद पौडेलले अवकाश पाउनेछन् ।

माघ १२ गते महालेखापरीक्षक कार्यालयका उपमहालेखापरीक्षक महेश्वर काफ्ले माघ २९ गते सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, फागुन ६ गते युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम, फागुन २६ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईं, चैत ११ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी सेवानिवृत्त हुनेछन् ।

Advertisement 3

त्यसैगरी ०८१ वैशाख १७ गते तीनजना सचिवहरू सेवानिवृत्त हुनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी, सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थी र महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता विश्वराज कोइराला ०८१ वैशाख १७ गते सेवानिवृत्त हुनेछन् ।

त्यसैगरी २०८१ वैशाख २८ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव रेवतीरमण पौडेल, जल तथा ऊर्जा आयोगका सचिव सुशीलचन्द्र तिवारी २०८१ असार १३ गते सेवानिवृत्त हुनेछन् । यस्तै ३२ जना सहसचिव पनि यही बर्ष उमेर हद लागेर घर जानेछन् ।

अघिल्लो आर्थिक बर्ष २२०९ जना कर्मचारीले सेवाबाट अवकाशमा गएका थिए ।

Karmachari Bibaran

 

 

प्रकाशित :२०८० श्रावण ४, बिहीबार १२:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry