कर्मचारीले तीनदेखि सात दिन घुम्न पाउने, बिलबिनै एकमुष्ट रकम दिने

काठमाडौं। मधेश प्रदेश सरकारले आफ्ना निजामती कर्मचारीलाई आन्तरिक पर्यटन काजमा पठाउने व्यवस्था गरेको छ। प्रदेश सरकारले जारी गरेको नयाँ कार्यविधिअनुसार कर्मचारीले तीनदेखि सात दिनसम्म आन्तरिक भ्रमण गर्न पाउनेछन् भने त्यसबापत एक महिनाको सुरु तलब स्केल बराबर रकम प्राप्त गर्नेछन्।

Advertisement 1

‘मधेश प्रदेशस्तरीय निकायका निजामती कर्मचारीहरूको आन्तरिक पर्यटन काजसम्बन्धी कार्यविधि, २०८३’ मार्फत यस्तो व्यवस्था गरिएको हो। कार्यविधि भदौ ३१ गते प्रदेश राजपत्रमा प्रकाशित भएको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरेले जानकारी दिएका छन्।

कार्यविधिको दफा ९ अनुसार पर्यटन काजमा जाने कर्मचारीले एक महिनाको सुरु तलब स्केल बराबर रकम आन्तरिक पर्यटन काज खर्चका रूपमा पाउनेछन्। कर्मचारीले उक्त रकम भ्रमणमा जानुअघि नै अग्रिम पेस्कीका रूपमा लिन सक्ने व्यवस्था गरिएको छ।

Advertisement 2

अग्रिम रकम नलिएका कर्मचारीले भने पर्यटन काज पूरा गरी भ्रमण प्रतिवेदन पेस गरेपछि रकम प्राप्त गर्न सक्नेछन्।

विशेषगरी यो रकम कर्मचारीले गरेको वास्तविक खर्चको बिल–भर्पाइका आधारमा नभई एकमुष्ट रूपमा सुरु तलब स्केल बराबर उपलब्ध गराइने व्यवस्था कार्यविधिमा गरिएको छ।

Advertisement 3

तीनदेखि सात दिनसम्म पर्यटन काज

कार्यविधिअनुसार प्रदेश सरकारअन्तर्गतका निजामती कर्मचारीले तोकिएको प्रक्रियाअनुसार तीनदेखि सात दिनसम्म आन्तरिक पर्यटन काज लिन सक्नेछन्।

आन्तरिक पर्यटन प्रवद्र्धनसँगै कर्मचारीलाई देशभित्रका पर्यटकीय क्षेत्रको भ्रमण गर्ने अवसर प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले यस्तो व्यवस्था ल्याएको हो। पर्यटन काज लिएपछि कर्मचारीले तोकिएको ढाँचामा भ्रमण प्रतिवेदनसमेत पेस गर्नुपर्नेछ।

प्रकाशित :२०८३ आश्विन ६, मंगलवार ११:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry