प्रधानमन्त्री कार्यालय रहेको भवनमा अब गृह मन्त्रालय

हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय रहेको भवनमा गृह मन्त्रालय सर्ने भएको छ । आगामी नयाँ बर्ष ०७८ वैशाख १ गतेको साइत पारेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको भवनमा गृह मन्त्रालय सार्न लागिएको हो । आज गृहमन्त्रालय सर्न लागेको भवनको गृहमन्त्री रामबहादुर थापाले निरीक्षण गरेका छन्।

Advertisement 1

२०७२ वैशाख १२ गतेको भुकम्पले सिंहदरबारको केही भाग भत्किएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा सरेको थियो। सोही भवनबाट हालसम्म प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको काम कारवाही हुदै आएको थियो।

डेढ महिना अघि सिंहदरबारको पुर्वी भवनको पुन निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री कार्यालय मूल सिंहदरबारको पूर्वी भवनमा सरेको छ। प्रधानमन्त्री कार्यालया पहिलेकै भवनमा सरेपछि खालि भएको सो कार्यालयमा गृहमन्त्रालय सर्न लागेको हो।

Advertisement 2

 

प्रकाशित :२०७७ चैत्र २०, शुक्रबार १४:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry