कृषि सामग्री कम्पनीमा विभिन्न पदमा आवेदन खुला

काठमाडौं। कृषि सामग्री कम्पनी लिमिटेडले विभिन्न सेवा, समूह तथा तहका पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

Advertisement 1

कम्पनीले शुक्रबार सूचना प्रकाशित गर्दै आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामार्फत विभिन्न पदमा कर्मचारी भर्ना गर्न आवेदन मागेको हो।

सूचनाअनुसार इच्छुक तथा योग्य नेपाली नागरिकले आजदेखि साउन ४ गतेसम्म नियमित दस्तुरमा आवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र आवेदन दिन नसकेका उम्मेदवारले दोब्बर दस्तुर तिरेर साउन १४ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

Advertisement 2

उम्मेदवारहरूले कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेखित योग्यता, अनुभव, उमेर सीमा तथा अन्य सर्तहरू पूरा गरी आवेदन दिनुपर्नेछ।

हेर्नुहोस् विज्ञापन :

Advertisement 3

प्रकाशित :२०८३ असार १९, शुक्रबार ११:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry