झुटा खरिद ब्यहोरा उल्लेख गरेपछि तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सोलुखुम्बुको खिुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

Advertisement 1

वडाध्यक्ष बस्नेतले गाउँपालिका–२ को भवन निर्माणका लागि जग्गा निःशुल्क दानपत्रमार्फत प्राप्त गरी ६ लाख रुपैयाँमा खरिद गरेको भुक्तानी देखाइ झुटा खरिद ब्यहोरा उल्लेख गरिएको पाइएको भन्दै उनी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

उक्त झुठो विवरण तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीले दिन नमिल्ने रकम ६ लाख रुपियाँ भुक्तानी लिई दिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम माग दाबी लिई आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

प्रकाशित :२०८० भाद्र १८, सोमबार ०६:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry