भक्तपुर नापीमा पाइलैपिच्छे बदमासी,कहिले पर्दछ विभाग र अख्तियारको आँखा ?
देशका अधिकांश नापी कार्यालय नेलिस सिष्टममा गएका छन् तर उपत्यकाकै भक्तपुर नापी कार्यालयमा जग्गा नापी गर्दा पूरानो सिष्टमबाटै अपडेट गर्दै कर्मचारीहरुले गडबडी गर्दै आइरहेको भेटिएको छ ।
हालसम्म देशभरका ५६ वटा कार्यालयमा नेलिस सिष्टम लागू भइसकेको छ । केपी शर्मा ओली प्रधानमन्त्री र शिवमाया तुम्वाहम्फे भूमि सुधार मन्त्री हुँदा मेरो कित्ता र नेलिस सिष्टम लागू भएको हो । भक्तपुर नापी नेलिस सिष्टममा गएको चार बर्ष व्यतित भइसकेको छ । त्यहाँका हाकिम डा प्रदिप सापकोटा यस अघि नै कित्ता नापी महाशाखामा बसेर त्यता पुगेका कर्मचारी हुन । उनलाई त्यो प्रविधिबारे थाहा नहुने कुरै भएन ।
जागिरे जीवनको अधिकांश समय चल्तीका नापी कार्यालयमा बसिरहने नापी अधिकृत प्रविण प्रताप शाहलाई पनि यो बिषयमा जानकार हुन । कारण प्रविण यस अघि नै बेलवारी,विराटनगर लगायतका मालदार मानिने नापी कार्यालयहरु,जहाँ नेलि सिष्टम लागू भइसकेको थियो ती कार्यालयमा बसेर अहिले भक्तपुरमा पुगेका हुन । यस अघि भक्तपुर नापीमा बसेर आमूल परिवर्तनको प्रयत्न गरेका रामकुमार सापकोटालाई बर्ष दिन नपुग्दै त्यहाँबाट हटाएर केही महिना अघिमात्र नापी विभागले डा प्रदिप सापकोटा,प्रविण प्रताप शाहहरुको टोलीलाई भक्तपुर नापी कार्यालयमा खटाएको थियो । यही टोलीका छन् सर्भेक्षक राकेस यादब र उपेन्द्र कुमार चौधरीहरु । उनीहरुकै मिलेमतोमा त्यहाँ गम्भीर बदमासी भइरहेको तथ्य इकर्मचारी डटकमले भेटेको छ ।
भक्तपुर नापीका कर्मचारीहरुले नेपाल सरकारले उपलव्ध गराएको नेलिस सिष्टमबाट काम नगरी पूरानै जिआइए सिष्टमबाट जग्गाको कित्ताकाट गर्ने गरेको भेटिएको हो । यसरी पूरानै सिष्टमबाट जग्गाको कित्ताकाट गरी नक्सा पछि अपडेड गर्ने गरेको भेटिएको छ ।नेलिस( NALIS) सर्भर बाट किताकाट गर्दा बिभाग तथा मन्त्रालयले थाहा पाउने हुदा काम GIS सर्भर किताकाट गरि नक्सा पछि अपडेड गर्ने गरेको भेटिएको छ । कर्मचारीहरुले मोटो रकम लिएर त्यस प्रकारको बदमासी गर्दै आएका हुन ।
नेलिस बाट कित्ताकाट गर्दिने हो भने सर्बसाधरण जनताले सिधै नक्सा निकाली सहजै काम बन्ने ठाउमा कर्मचारीबाट बदमासी हुँदै आएको छ ।
यस्को पछिल्लो उदाहरण हो साबिक झौखेल गाबिस वडा न ८झ कि. न. २६ दर्ताफारि । उक्त जग्गा कित्ता टायल चेक गर्दा २ आना जग्गा नक्सा अनुसार घट्ने थाहा हुँदा हुँदै स्मार्ट सिटीको मापदण्ड पुर्याउन हालै मात्र अर्थात गत मंसिर १५ गते दर्ताफारी शिर्षकमा कित्ताकाट गरि नापी बाट पठाएको र मालपोतमा पनि मोलमोलाइ भई १ हप्ता पछि सो लिखत पास भएको भेटिएको छ ।
सिष्टम अनुसार कित्ताकाट भएको कित्ता नापी महाशाखा अनुमगन गर्दछ । तर पूरानो सिष्टमबाट काम गर्दा विभागको समेत अभिलेखमा नहुने हुँदा उक्त काम विभागको निर्देशनको बर्खिलापमा हुन्छ । कर्मचारीहरुले अभिलेख छल्नका यसरी पूरानो सफ्टवेयरबाट काम गर्दै आएका छन् । यसैगरी काम गर्दा ललितपुरका कर्मचारीहरुलाई केही समय अघि अख्तियार लागेको थियो ।
यी कर्मचारीहरुले सचिवदेखि डिजीसम्मलाई पैसा बुझाएर आएको हुँ भन्दै कार्यालय सहयोगीहरुलाई काम र ग्राहक खोजेर ल्याउन लगाउने गरेको इकर्मचारी डटकमको सम्पर्कमा आएका एक कर्मचारीले बताए । उपत्यका बिकास प्राधिकरणले स्मार्ट सिटिको मापदण्ड ८ आना हुँदाहुदै वडा बाट पैसा खुवाई कित्ताकाटको सिफारिस ल्याउन लगाई पर कित्ता १ लाख देखि २ लाखसम्म पैसा लिई स्मार्ट सिटिको मापदण्ड नपुर्याई कित्ताकाट गर्ने गरेको नापी कार्यालय भक्तपुरको प्लटबुक पल्टाउदा थाहा हुने कर्मचारीहरु नै बताउँछ ।
मालपोत कार्यालय, भक्तपुरमा कर्मचारी र बिचौलियाका कारण काममा ढिलासुस्ती हुने गरेको गुनासो चुलिएको छ । सामान्य कामका लागि पनि कर्मचारीले सेवाग्राहीबाट रकम माग्ने र नदिए विभिन्न बहाना बनाई काम रोकिदिने गरेको सेवाग्राहीको गुनासो सुन्न पाइन्छ ।
त्यहाँका कर्मचारीले सेवाग्राहीको कागज मिलेको छैन भनेर महिनौंसम्म झुलाउने र कोसेली चढाउने कर्मचारीको काम क्षणभरमै फत्य गरिदिने गरेको गुनासो सेवाग्राहीबाट मात्र होइन अहिले कर्मचारीबाटै सुनिन थालेको छ । जग्गा पास गर्दा होस् वा मुद्दा, तामेली, मोठ लगायत फाँटमा एक दिनमा हुने काम महिनौ लगाउने गर्दछन् तर रकम पाए घरमै प्लट्बुक, फिल्डबुक पुर्याउने गर्दै आएको आरोप ती कर्मचारीमाथि लाग्दै आएको छ ।
प्रकाशित :२०८० पुष १, आईतवार १२:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%