पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक(नतिजासहित)

प्रेस काउन्सिल नेपालले आर्थिक बर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिकाहरुको वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलका अनुसार,आर्थिक बर्ष २०७५र०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये क बर्गमा – २१९,ख वर्गमा –४७६
ग वर्ग – १३७,घ वर्ग – १५ र नियमित तर हुबहु र वर्ग कायम नभएका – ३६ वटा पत्रपत्रिकाको नतिजा सार्वजनिक गरेको हो ।

Advertisement 1

ABC-2075-076-final-Result-_

यस्तै काउन्सिलले आर्थिक बर्ष ०७६/०७७ को नतिजा पनि सार्वजनिक गरेको छ । काउन्सिलका अनुसार,को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये क वर्गमा परेका २३९,ख वर्गमा परेका – ४३१,ग वर्ग – १६३ र नियमित तर हुबहु र वर्ग कायम नभएका – ४५ वटा रहेको जनाइएको छ ।

ABC-Result-076-077-Final-Result_
काउन्सिलले नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म सुरुमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग÷पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने निर्णय गरेकोले निर्णयअनुसार सम्बन्धित सबैको जानकारी गराइन्छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ माघ १६, आईतवार २०:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry