साढे ४ करोडको मेसिन ८ करोडमा किन्न राजी नहुँदा सरुवामा परे सचिव,पुर्याइयो बरण्डामा

एउटै मेसिनमा तीन करोड झ्वाम पार्ने दाउ तर ‘हलुवामा वालुवा’मा बनिदिए सचिव,तिनैलाई पाखा लगाइदिए पछि टण्टै साफ !
Advertisement 1
यस्तै खेलोमेलो चलिरहेको छ अहिले बाग्मती प्रदेशमा । साढे ४ करोड पर्ने सिटी स्क्यान मेसिन साढे आठ करोडमा खरिद गर्न गरी स्पेफिकेशन बनाउन राजी नहुँदा सचिवलाई फुटबल बनाइएर मुख्यमन्त्री कार्यालयको बरण्डामा पु¥याइएको छ । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल,आर्थिक मामिला तथा योजना मन्त्री (काँग्रेस संसदीय दलको नेतासमेत) बहादुर सिंह लामादेखि स्वास्थ्य मन्त्री उत्तम जोशीको इशारामा नाच्न नमान्दा प्रदेश सचिव हालै भकुण्डो बनाएर मुख्यमन्त्री कार्यालयको करिडोर (जगेडा)मा पुगेका हुन ।
मुख्यमन्त्री,मन्त्रीहरुको स्वार्थ अनुकूल नाच्न नजान्दा र सेटिङ मिलाएर पैसा माथिसम्म बुझाउन नसक्दा उनलाई हुत्याइएको हो भन्छन्,प्रदेशकै सचिवहरु ।
Advertisement 2
प्रंसग जोडिन्छ काँग्रेसी मन्त्री तथा ठेकेदार बहादुर सिंह लामाको गृहजिल्ला नुवाकोटमा अवस्थित त्रिशुली अस्पतालको सिटी स्क्यान मेसिन खरिद प्रकरणसँग । बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयले त्रिशुली,सिन्धुली र भक्तपुर अस्पतालमा झण्डै २४ करोड खर्चेर सिटी स्क्यान मेसिन राख्न खोज्दै छ । जबकी बजारमूल्य अनुसार,यो मेसिन बढीमा १५ करोडमै राख्न सकिने बताउँछन्,मेडिकल सामाग्री सप्लायर्सहरु । नेपालमा यस प्रकारको सिटी स्क्यान मेसिन सप्लाई गर्ने काम ७ वटा कम्पनीले मात्र गर्दै आएका छन् तर आफू अनुकुलको कम्पनीमात्र छिर्ने गरी स्पेकिफिकेशन तयार पारी प्रक्रिया अगाडि बढाइएपछि शुरुदेखि नै सचिव बद्री बहादुर खड्का रुष्ट थिए । उनलाई बाइपास गर्दै प्रक्रिया अगाडि बड्यो । शुरुमा यो सिटी स्क्यान मेसिन नुवाकोटको त्रिशुली अस्पतालमा राख्ने गरि प्रक्रिया अगाडि बढ्यो ।
सचिवको तिव्र असहमती र असन्तृष्टीका बाबजुत प्रक्रिया अगाडि बढेसँगै खड्काले नुवाकोटको त्रिशुली अस्पतालका मेसुलाई स्पष्टिकरणमात्र सोधनन् कि छानबिन समिति बनाउनु पर्ने अड्डी कसे । सोही अनुसार मंसिर ७ गते त्रिशुली अस्पतालका निमित्त मेसु डा. प्रतिक सिंहलाई स्पष्टिकरणको पत्र काटे । खरिद प्रक्रियामा बदमासी भएको भन्दै बागमती प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका बायोमेडिकल इन्जिनियर नेल्सन महतलाई सिटी स्क्यान मेसिनको खरिद प्रक्रियाबारे अनुगमनका लागि खटाए । महतको टोलीले मेसिन खरिद प्रक्रियामै त्रुटी रहेको, प्राविधिक स्पेशिफिकेसन र टेण्डर प्रक्रियामा त्रुटि देखिएको प्रतिवेदन बुझाए । महतले बुझाएको प्रतिवेदनमा अस्पतालमा खरिद प्रक्रियामा रहेको सिटी स्क्यान मेसिनको बोलपत्र संशोधन गरी प्राविधिक स्पेशिफिकेशनमा रहेका विभिन्न बुँदाहरू संशोधन गरेको देखिएको तर ती बुँदाहरू संशोधन गर्नुपर्ने कारण के कस्ता हुन् भन्ने प्रष्ट रूपमा नदेखिएको उल्लेख छ । थप अनुसन्धान गर्न भन्दै अस्तिमात्र दशौं तहका चिकित्सकको संयोजकत्वमा तीन सदस्य छानबिन समिति हेटौडाबाट त्रिशुलीतिर रमाना भएको छ ।
Advertisement 3
यसरी बजार मूल्य साढे चार करोड भएको एउटै मेसिनबाट झण्डै चार करोड हाराहारी कमिसन खान खोज्ने प्रक्रियामा भाँजो हाल्न पुग्दा सचिव खड्का विभागीय मन्त्री,मुख्यमन्त्रीदेखि संसदीय दलको नेतासम्मको तारो बन्न पुगेको बताइएको छ । गत साता ७१ जना सहसचिवको सरुवा हुँदा खड्कालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय करिडोरमा पु¥याइएको हो । आफ्नो बदमासीलाई ढाक्नका लागि विभागीय मन्त्री,मुख्यमन्त्रीदेखि काँग्रेसका नेता बहादुर सिंह लामा समेत मिलेर सचिव खड्कालाई सरुवा गरी त्यहाँ दशौं तहका दीपक तिवारीलाई निमित्त सचिवको जिम्मेवारीमा तोकिएको छ । भक्तपुरदेखि सिन्धुलीसम्म जोड्न लागिएको यो मेसिन खरिद प्रक्रियामा संघीय स्वास्थ्यमन्त्री मोहन बस्नेतदेखि उनकै कृपाले बाग्मती प्रदेशको मन्त्री बनेकी मसिना खड्कासम्म र मसिनाको भाईले भने विचौलियाको काम गरिरहेको बताइएको छ ।
एकातिर सरकारको सुशासनका चर्काै कुरा,अर्काेतिर भ्रष्टचार र अनियमितता रोक्न खोज्दा कर्मचारीहरु कसरी सेकिन्छन् भन्ने यो त एउटा सानो उदाहरणमात्र हो ।