सरुवामा चलखेल गर्ने कर्मचारीको सेटै परिवर्तन,रैथानेको रजगज तोड्न मन्त्री मोदी असफल

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले मन्त्रालयका उच्च अधिकारीसहित आफ्ना सचिवालयका सदस्यहरु समेत हेरफेर गरेका छन् । यस अघि मन्त्रालयको कर्मचारी प्रशासनको हर्ताकर्ता रहेका कमल भट्टराईलाई त्यहाँबाट हटाइएर योजना तथा विकास सहायता समन्वय महाशाखामा पठाएका थिए । हिजो ४४ सहसचिवको सरुवा हुँदा संष्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयतिर पठाइएको छ । उनको ठाउँमा हेमराज तामाङलाई ल्याइएको छ ।

Advertisement 1

यस्तै सामान्यका अर्काे रैथाने उपसचिव रविन्द्रजंग थापा सरुवामा परेका छन् । थापा निजामती सेवामा प्रवेश गरेको १० औं बर्ष भयो । तिनलाई सिंहदारको गेट छाडेर कतै दूरदराजतिर जानुपरेको छैन । सामान्यको कर्मचारी प्रशासन शाखामा बसेर चलखेल गरेको थाहा पाएपछि तत्कालीन सचिव एकनारायण अर्यालले सरुवा गरेर उर्जामा पठाएका उनी एकनारायण सरुवा भएलगतै पुन सामान्यमा फर्किएर खेतीपाती चलाइरहेका उनी यसअघि कर्मचारी प्रशासन महाशाखामा हुँदा आफ्नो कन्सल्टेन्सीलाई काम दिनेदेखि प्रमुख प्रशासकीय अधिकृत सरुवा वा थमौती गर्दा चलखेल गरेको आरोप लाग्दै आएको थियो । यस्तो धन्दा चलाउँदै आएका रविन्द्रजंग थापा,पूर्व उपप्रधानमन्त्री कमल थापाका नातेदार । थापा परराष्ट्रमन्त्री हुँदा उनकै जोडबलमा नयाँदिल्लीको दूतावासमा ४ बर्ष काम गर्ने मौका पाएका थिए । सोबाहेक उनलाई सिंहदरबार छाडेर कतै जानुपरेको छैन । सामान्यबाट केही समय ऊर्जामा पुगे तर एनपी साउदको पावर लगाएर देउवा प्रधानमन्त्री भएको तीन दिनमै सामान्यमा फर्किएका थिए । अहिले सामान्यबाट सरुवामा परेका छन् ।
सामान्यमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशका ज्ञानेन्द्र प्रसाद ढकाल,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रदिप राज अधिकारी,सहसचिव पुष्पराज शाहीलाई अहिले अतिरिक्त समूहमा तानेर राखिएको छ । कर्मचारी सरुवामा चलखेल गर्दै आएका कर्मचारीहरु मन्त्री अमनलाल मोदीको निशानामा परेका छन् ।
यस अघि मन्त्री मोदीले नागेन्द्र पटेल र नासु बिष्णु लामिछानेलाई हटाएका छन् । अहिले मन्त्रीको सचिवालयमा उपसचिव ज्ञाननाथ ढकाल कार्यरत उनी झंक ढकालका भाइ हुन । यस्तै मन्त्रीका स्वकीय सचिव ताजिम अन्सारी कार्यरत छन् ।

सरुवामा चलखेल गर्ने सहसचिव कमल भट्टराई,उपसचिव रविन्द्रजंग थापाका अलवा सचिवालयमा कार्यरत कर्मचारीहरु नागेन्द्र पटेल र नासु बिष्णु लामिछानेलाई हटाएका भए पनि झण्डै एक दशकदेखि कर्मचारी संगठनका आडमा मन्त्रालयमै रजगज गर्दै आएका कर्मचारीलाई चलाउन भने मन्त्री अमनलाल मोदी असफल देखिएका छन् ।  यद्यपि मन्त्रालयका पूराना र डेरा जमाएर बसेका कर्मचारीहरुलाई मन्त्री मोदीले चलाउन सकेका छैनन् । मन्त्रालयमा झण्डै एक दशकदेखि कार्यरत ऋृषि आचार्यहरुलाई मन्त्रालय छाडेर दायाँ बायाँ हुनु परेको छैन । आचार्य,जो प्रकाशमान सिंहको समयदेखि सामान्यको चौघेरा तोडेर बाहिर जानुपरेको छैन । प्रकाशनसिंह स्थानीय विकास मन्त्री हुँदादेखि उनी सामान्यमै बसेर रजगज जमाउँदै आएका छन् । त्यस यता एक दर्जन मन्त्री फेरिए,उति नै सचिव फेरिए तर उनी मन्त्रालयको एउटा शाखाबाट अर्को शाखामै घुमेर जागिर पकाइरहेका छन् । कर्मचारी संगठनको सल्लाहकारको भूमिकामा रहेका आचार्यलाई तह लगाउनसक्ने एउटै सचिव र मन्त्री देखिएको छैन । यो एक दशकको अवधिमा प्रशासन शाखाबाट विपद् व्यवस्थापन शाखामात्र परिवर्तन भएको हो ।
त्यहाँका रैथाने कर्मचारीहरुमा सामान्य प्रशासनको पूर्व ट्रेड युनियनको अध्यक्ष गणेश आचार्य,उपसचिव महेन्द्र कुमार सापकोटा, गोविन्द फुँयालदेखि उमेश पराजुली,शेखरनिधि दाहाल लगायतका कर्मचारी रहेका छन् । यिनलाई सिंहदरबारको गेट छाडेर अन्यन्त्र कतै जानु परेको छैन । निजामती सेवा ऐनमा बढीमा २ बर्षसम्म बस्न पाउने ऐनमा व्यवस्था हुँदाहुँदै १० बर्षसम्म राख्ने जिम्मेवार पदाधिकारीलाई कारवाही हुनुपर्दछ कि पर्दैन रु यस्तै कर्मचारी ट्रेड युनियनको हवला दिएर पदको दुरुपयोग गरी एकै कार्यकालमा बर्षौसम्म बस्ने काम कतिको जायज छ ? ती उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरोकारवाला निकाय किन निरिह ?

प्रकाशित :२०८० बैशाख २७, बुधबार १४:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry