जनयुद्ध दिवस’मा मुगुको खत्याड गाउँपालिकाले दियो बिदा

सर्वोच्च अदालतको आदेशले गृहमन्त्रालयले फागुन १ गते ‘जनयुद्ध दिवस’को नाममा सार्बजनिक बिदा नभएको प्रष्ट पारिसकेको बेला मुगुको खत्याड गाउँपालिकाले गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Advertisement 1

खत्याड गाउँपालिकाका कार्यवाहक अध्यक्ष भरतबहादुर शाहीले सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका हुन् ।‘२०५२ फागुन १ गतेबाट सुरु भएको जनयुद्धको स्मरणमा खत्याड गाउँपालिका अन्तर्गतका सबै सरकारी तथा गैरसरकारी सस्था विद्यालयलाई उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको’ गाउँपालिकाले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

फागुन १ मा सार्वजनिक बिदा नभएको संघीय गृहमन्त्रालयले सूचना नै जारी गरिसकेको छ ।

प्रकाशित :२०८० फाल्गुन १, मंगलवार ०७:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry