विचौलिया बोकेर सरुवाका लागि धाउने कर्मचारीलाई तत्काल कारवाही :- मन्त्री मोदी
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले विचौलिया बोकेर सरुवाका लागि धाउने कर्मचारीलाई तत्काल कारवाही गर्ने चेतावनी दिएका छन् ।
मोदीले विराटनगरमा प्रेस सेन्टर मोरङद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले बताएका हुन ।
उनले कर्मचारीलाई न्याय गर्ने गरी संघीय निजामती सेवा ऐन ल्याइने बताएका छन् ।
Advertisement 1
बिहान प्रधानमन्त्री प्रचण्डलाई वालुवाटारमा ४५ मिनेट भेटेर आजै विराटनगर पुगेका मोदीले संघीय संसदको चालु अधिवेशनबाट निजामती विद्येयक ल्याइने समेत बताएका हुन ।
संघीय निजामती ऐन ल्याउने कुरा आफ्नो मन्त्रालयले पहिलो काम रहेको बताउँदै उनले अबको दुई महिनाभित्रै संघीय निजामती विद्येयक संसदमा टेबल हुने र उक्त विद्येयक कर्मचारीलाई न्याय गर्ने गरी आउने बताएका हुन ।
Advertisement 2
सामान्यका रैथाने कर्मचारीहरुको विभाग हेरफेर गर्ने र तिनको सरुवा गर्ने तयारी भइरहेको बताएका छन् ।मन्त्री मोदीले सामान्य प्रशासनमा कोही कर्मचारी पाँच सात बर्षदेखि डेरा जमाएर बसेको भेटिएको भन्दै उनीहरुमध्ये एउटै शाखामा २ बर्षभन्दा बढी रहेका कर्मचारीहरुको शाखा परिवर्तन गर्नेदेखि चार वर्षभन्दा बढी समय रहेका कर्मचारीलाई स्थानीय तहमा पठाउने र कोही सुगममा छन् भने दुर्गममा पठाउने भन्ने विषयमा हामीले तयारी गरिरहेको जनाएका छन् ।