सामान्यकै सेटिङमा महिना दिनमै उल्टियो उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारी सरुवा र खटन पटन पारदर्शी बनाउने उद्घोष गरिरहेका छन् । सोही अनुसार उनले काम पनि गरिरहेका छन् ।

Advertisement 1

तर मन्त्रालयका कर्मचारीहरुको सेटिङमा सरुवा नै उल्टाइएको भेटिएको छ । यस्तो भेटिएको हो,एक जना उपसचिवको हकमा । लामो समयदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागमा कार्यरत एक जना उपसचिवको सरुवा सामान्यको सेटिङमा उल्टाइएको भेटिएको हो ।संघीय मामिला स्रोतका अनुसार स्वास्थ्य सेवा विभागमा कार्यरत उपसचिव अनिल थापाले सेटिङमा आफ्नो सरुवा उल्टाएका हुन ।

Advertisement 2

इकर्मचारी डटकमलाई प्राप्त विवरण अनुसार कर्मचारी संकेत नम्बर १७८३४६ भएका तथ्यांक सेवाका उपसचिव अनिल थापालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको थियो । सामान्यका उपसचिव कमानसिंह थापा हस्ताक्षरित उक्त पत्र उद्योगमा पुग्नै पाएन ।
उद्योग मन्त्रालय मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले अनिल थापा नामको सरुवाको पत्र अहिलेसम्म आफूहरुकहाँ आएको जानकारी नभएको प्रतिक्रिया दिएको छ ।
जबकी थापालाई गत चैत १३ गते स्वास्थ्यबाट उद्योग पठाइएको थियो । सरुवा गरिएको तीन महिना पूरा भइसकेको छ । तर अटेरी गरी रमाना समेत नलिइ स्वास्थ्य सेवा विभागमै कार्यरत रहेकोमा सामान्यका कर्मचारी प्रशासन फाँट हेर्ने कर्मचारीलाई प्रयोग गरेर सरुवा उल्टाउन सफल भएका हुन ।

एक महिना नपुग्दै उनको सरुवा उल्टाइएको भेटिएको छ । सामान्यका शाखा अधिकृत विकास डंगोल हस्ताक्षरित पत्रमा उनलाई उद्योग मन्त्रालयबाट पुन स्वास्थ्य मन्त्रालयमा सरुवा गराइएको पत्र इकर्मचारी डटकमले प्राप्त गरेको छ ।
यसरी सरुवा भएको महिनादिनमै साम,दाम लगायतका सबै शक्ति प्रयोग गरेर उनी स्वास्थ्य मन्त्रालयमा फिर्ता भइसकेका छन् । त्यहाँबाट विभागमै फर्कने चाँजोपाँजो मिलाइरहेका छन् ।

Advertisement 3

अनिल स्वास्थ्य सेवा विभागमा कार्यरत रहँदा ल्यापटप खरिद काण्डमा मुछिएका थिए ।सरकारी कार्यालयले कार्यालय प्रयोजनका लागि वैदेशिक सहायता लिन चाहेमा अर्थ मन्त्रालयबाट पूर्वस्वीकृति लिनुपर्ने प्रावधान छ । तर, थापाले अर्थ र आफ्नै तालुकवाला मन्त्रालयको त कुरै छाडौं विभागीय प्रमुखलाई समेत थाहा नदिई लिएको करोडौंको वैदेशिक सहायता दुरूपयोग गरेका थिए ।


स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखामा कार्यरत रहेका बेला उपसचिव अनिल थापाले कसैलाई जानकारी नै नदिई गत बर्ष २०७९ जेठ १९ गते युनिसेफ (युनाइटेड नेशन्स इन्टरनेशनल चिल्ड्रेन्स इमर्जेन्सी फण्ड) लाई सिधै पत्र लेखेर ५ सय थान ल्यापटप सहयोगस्वरूप उपलब्ध गराउन अनुरोध गरेका थिए । लगत्तै स्पेसिफिकेशन पनि आफैँले बनाएर अर्को पत्र पठाएका थिए ।

अनिलले पेश गरेको स्पेसिफिकेशन बमोजिमको ल्यापटप हाल नेपाली बजारमा ८० हजार मूल्यमा पाइन्छ । अझ तर, उनले यही ल्यापटपलाई १ लाख २५ हजारमा किनेका कागजात बनाए । तर यसरी ल्याइएको ल्यापटप अधिकारीहरूले रीत नपु¥याई खरिद गरिएको सामान नबुझ्ने निर्णयमा पुगे पछि हलचल मच्चियो । उनले ४५ हजार रूपैयाँ बढी नाफा खान खोजेका थिए । पाँच सय थान ल्यापटपबाट झण्डै २ करोड २५ लाख नाफा खाने योजना थियो ।

उनले गरेको गडबडीले स्वास्थ्य मन्त्रालय,अर्थ मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासनदेखि युएनसम्म हलचल मच्चिएको थियो । एउटा विदेशी निकायबाट वैदेशिक सहायता लिएर उक्त सहायताको दुरुपयोग प्रकरणमा मुछिए पछि स्वास्थ्य सेवा विभागका उपसचिव अनिल थापालाई सरुवा गर्न खोजिएको थियो ।

तालुकदार निकायलाई समेत गुमराहमा पारेर वैदेशिक निकायबाट अनुदानमा ल्यापटप लिएको र उक्त ल्यापटपको आफू अनुकुलको स्पेसिफिकेशन तयार पारेको भेटिएपछि उपसचिव थापा अप्ठ्यारोमा परेका थिए ।
उनलाई त्यहाँबाट सरुवा गरेर उद्योगमा पठाइएकोमा महिना दिन नपुग्दै पूरानै ठाउँमा फर्काइएको हो ।थापाले स्वास्थ्य सचिव रोशन पोखरेल र सामान्यका कृष्णहरि पुष्करलाई प्रभावमा पारेर सरुवा उल्टाउन सफल भएको कर्मचारीहरु बताउँछन् ।

प्रकाशित :२०८० असार ७, बिहीबार ११:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry