संघीय निजामती ऐन ल्याउन विज्ञहरुको राय लिदै मन्त्रालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती ऐनलाई अन्तिम टुङ्गो लगाउन विज्ञहरुसँग राय तथा सल्लाह सुझाव लिने काम तिव्रता दिएको छ ।
Advertisement 1
संसदको चालु अधिवेशनबाटै ऐन ल्याउन भन्दै मन्त्री अमनलाल मोदीले आज आज दोस्रो पटक विज्ञहरुसँग परामर्श गरेका हुन् । मन्त्री मोदीले सङ्घीय मामिला र निजामती कर्मचारी प्रशासनका विज्ञहरुसँग परामर्श गरेका हुन । मन्त्री मोदीसँगको परामर्शमा पूर्वसचिवहरु मधुरमण आचार्य, डा मानबहादुर विके, विमल वाग्ले, बालकृष्ण प्रसाई, कृष्णहरि बास्कोटा र शङ्कर अधिकारी सहभागी रहेका थिए ।
मन्त्री मोदीको सचिवालयले जनाए अनुसार,पूर्वसचिवहरुले सङ्घीयता कार्यान्व्यनका लागि निर्णायक मानिएको सङ्घीय निजामती ऐन कार्यान्वयनमा ल्याउन ढिला भएको उल्लेख गर्दै समयसापेक्ष बनाएर अघि बढाउन सुझाव दिएका थिए ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री मोदीकै नेतृत्वमा कार्यदल गठन गरेर ऐनको मस्यौंदालाई अन्तिम रुप दिन लागेको बताइएको छ ।
Advertisement 2
नेपालमा सङ्घीयता लागू भएपनि सङ्घीय निजामती ऐन, सङ्घीय प्रहरी ऐन जस्ता कानुन नबन्दा सङ्घीयता कार्यान्वयनमा चुनौती देखापर्दै आएको छ । मन्त्री मोदीले आफ्नो कार्यकालमै सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण खुड्किलो मानिएको निजामती ऐन ल्याउने बताउँदै आएका छन् ।