सेवा निवृत्त कर्मचारीलाई खुसीको खबर:- अब पेन्सन सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने

अब सेवा निवृत्त राष्ट्र सेवक कर्मचारीहरूको मासिक पेन्सन आफ्नै खातामा जम्मा हुने भएको छ ।
Advertisement 1
महालेखा नियन्त्रक कार्यालयले पेन्सन बिध्युतीय माध्यमबाट सोझै ब्यक्तिको खातामा जम्मा हुने प्रणाली ईएफटीे शुरू गरेको छ । यससँगै पेन्सन अब सिधै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने भएको हो ।
नियन्त्रकको कार्यालयले एक विज्ञप्ति जारी गर्दै तत्काल करिब २ लाख ७६ हजार सेवा निवृत्त कर्मचारीले लाभ प्राप्त गर्ने जनाएको छ ।
Advertisement 2
कार्यलयमा आयोजित एक कार्यक्रमका बीच महालेखा नियन्त्रक मधुकुमार मरासैनीले सो प्रणालीको शुभारम्भ गरेका छन् ।
प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार ०६:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%