नापी कार्यालयका प्रमुखसहित १० जना घाइते, १ जनाको मृत्यु
सर्लाहीमा भारतीय नम्बर प्लेट बिआर ०६ पिडी ९६४८ नम्बरको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मलङ्गवा नवलपुर सडकखण्डअन्तर्गत मलङ्गवा नगरपालिका–१० गम्हरियामा सोमबार साँझ उक्त जिप दुर्घटना भएको हो ।
Advertisement 1
मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको उक्त जिप गम्हरियामा उखु बोकेको ट्याक्टरसँग ठोक्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
दुर्घटनामा कार्यालय सहयोगी विनोद घिमिरेको मृत्यु भएको छ भने नापी कार्यालय मलङ्गवाका प्रमुख सञ्जय मानन्धर, वैधनाथ राउत, अजयकुमार यादव, बैजु यादव, रामलाल साह, सञ्जिवकुमार मण्डल, दिपेन्द्र यादव, शाहिद अनवर र रामबाबु राय घाइते भएका छन् ।
Advertisement 2
५ जना निउरो अस्पताल विरगञ्ज, १ जना वयोधा अस्पताल विरगञ्ज ३ जना नेशनल मेडिकल अस्पताल विरगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपेन्द्र पंजियार थारूले जानकारी दिए ।