हुलाकीको भाग खोसेर युनियनका अध्यक्ष दम्पती अमेरिकामा

न उनी कर्मचारी,न ट्रेड युनियनकर्मी, न त भएको छ संस्थागत निर्णय नै ! तर, कांग्रेसनिकट कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेल श्रीमतीसहित अमेरिका शयरमा निस्किएसँगै हलचल मच्चिएको छ ।

Advertisement 1

खासमा निमन्त्रणा थियो, हुलाकको कर्मचारी (हल्कारा) लाई । तर, उनीहरूको भागै खोसेर पोखरेल अमेरिका गएको भन्दै विवाद सिर्जना गरिएको हो । युएनआई कंग्रेसको छैटौं सम्मेलनमा भाग लिन पोखरेल दम्पतीसहित उपाध्यक्ष यज्ञ ओली र केन्द्रीय सदस्यमा पराजित श्याम ढुंगेल त्यता पुगेका हुन् । खरिदार हुँदा हुलाक सेवामै काम गरेका र अहिले सुब्बामा बढुवा भएपछि विज्ञापन बोर्डमा कार्यरत श्याम ढुंगेल श्रेणीविहीन कर्मचारी जाने कार्यक्रमको भाग खोसेर आफ्ना अध्यक्ष दम्पती, उपाध्यक्षसहित अमेरिका गएका हुन्, गत शुक्रबार । दुई वर्षदेखि बोर्डमै कार्यरत उनले १५ दिनको बिदा स्वीकृत गराएका छन् ।

कार्यक्रमको आयोजक युएनआईसँग कांग्रेसनिकट कर्मचारी युनियनको कुनै साइनो सम्बन्ध छैन । युनियनको अन्तर्राष्ट्रिय आबद्धता भनेको पल्बिक सर्भिस इन्टरनेशनल (पिअसआइ)सँग मात्र हो । पोखरेलले कर्मचारीको नेता भएका कारण दुई दशकदेखि अर्थ मन्त्रालय छाडेर अन्यत्र जानुपरेको छैन । यज्ञ भने शहरी मन्त्रालयको मालदार मानिने शाखामा कार्यरत छन् ।
सरकारले वैदेशिक भ्रमणमा जति नै कडाइ गरेको भने पनि पछिल्लो एक वर्षमा २ हजार ३५० कर्मचारी विदेश उडेको पाइएको छ । अघिल्लो आर्थिक वर्ष रक्षा मन्त्रालयमातहतका ६५० कर्मचारी निस्कँदा परराष्ट्रका ३२०, गृहका २१० ले विदेश यात्रा गरेको पाइन्छ ।

Advertisement 2

उता, आरजु राणाको जोडबलमा विनोदप्रकाश सिंह सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेसँगै ट्रेड युनियन उपाध्यक्ष उत्तम कटवालले हैकम जमाउन थालेका छन् । अमनलाल मोदीको समयमा कर्मचारी प्रशासन फाँटमा कार्यरत सहसचिव हेमराज तामाङ पर्यटन, उपसचिवद्वय कमानसिंह मगर गृह, ज्ञाननाथ ढकालले गृहमै फर्कने प्रवन्ध मिलाइसकेका छन् । जनमतबाट मन्त्री बनेकी अनिता साहले १५ दिनसम्म सचिवालयसमेत बनाउन नसकेको मौका छोपेर मन्त्रालयको ढोकाको चुक्कुल नै लगाई बोल कबोलमा अधिकृत तहका कर्मचारीको सरुवा गर्ने गरिएको कर्मचारीको आरोप छ ।

प्रकाशित :२०८० भाद्र १४, बिहीबार ०७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry