सरकारले रोक्यो तलब भत्ताबाहेक सबै बजेट निकासा

महालेखा नियन्त्रकको कार्यालयले कर्मचारीको तलब भत्ताबाहेक बजेट निकासा पूर्ण रुपमा रोकेको छ। महालेखाले एक सूचना जारी गर्दै आगामी तीन दिनसम्मका लागि निवृत्तिभरण र तलब भत्ताबाहेकको कुनै पनि बजेट निकासा नगर्न भनेको छ । आजदेखि शनिबारसम्म बजेट निकासा नगर्न वा नगराउन महालेखाले सूचना जारी गरेको हो ।
सरकारले बजेट संशोधन गर्न चाहेको छ। जसअनुसार अर्थ मन्त्रालयले प्रतिस्थापन विधेयक समेत तयार गरिसकेको छ। जुन विधेयक सरकारले संसदमा नै पेस गर्ने चरणमा पुगेको जानाएको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार शुक्रबार उक्त विधेयक संसदमा पेश गरिने योजना छ ।कोष तथा लेखा नियन्त्रक कार्यालयहरु, प्रदेश लेखा नियन्त्रक कार्यालयहरु र प्रदेश लेखा इकाइ कार्यालयहरु सबैलाई निकासा रोक्न महालेखा नियन्त्रकको कार्यालयले भनेको हो।

Advertisement 1

 

प्रकाशित :२०७८ भाद्र २४, बिहीबार १५:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry