कामको गति बढाउन मुख्यसचिव र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कामको गति बढाउन र नतिजा देखिने गरी काम गर्न मुख्यसचिव र सचिवहरूलाई निर्देशन दिएका छन् । विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न कामको गति बढाउन आवश्यक रहेको भन्दै प्रधानमन्त्रीले मुख्यसचिव डा वैकुण्ठ अर्याल र सचिवहरूलाई निर्देशन दिएका हुन् ।
Advertisement 1
आज (सोमबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिव डा बैकुण्ठ अर्याल र सबै सचिवलाई आवश्यक निर्देशन दिँदै नतिजामुखी काम गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री दाहाल कतिपय गर्न भनेका कामहरू पनि नभएको भन्दै नतिजामुखी काम गर्न निर्देशन दिए । उनले भने मन्त्रीलाई दिएका निर्देशन र निर्णय पनि पालना भएनन् । कामको गियर बढाउनुस् ।’
प्रकाशित :२०८० पुष ३, मंगलवार ११:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%