खाद्य व्यवस्थाले माग्यो विभिन्न तहका लागि आवेदन

 

Advertisement 1

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले पाँचौ तहको बरिष्ठ सहायकदेखि नवौं तहको सह विभागीय प्रवन्धक गरी खुलातर्फ ६० कर्मचारी माग गरेको छ ।
यस्तै कम्पनीले आन्तरिक परीक्षातर्फ ७,कार्यक्षमताबाट हुने बढुवातर्फ १५ र जेष्ठता र कार्यसम्पादन मूल्यांकनबाट ५ जनाका लागि दरखास्त खुलाएको छ ।

कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।

Advertisement 2

तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

प्रकाशित :२०८० पुष २७, शुक्रबार ०७:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry