सरकारले दुई सहसचिव सरुवाका लागि बहादुर भवनसँग माग्यो सैद्धान्तिक सहमति

सरकारले दुई ठूला विभागको हाकिम परिवर्तन गर्ने तयारी गरेको छ ।

Advertisement 1

अर्थ मन्त्रालय मातहतको आन्तरिक राजश्व विभाग र भन्सार विभागको हाकिमलाई चुनावको मुखमा परिवर्तन गर्ने खोजिएको हो । यी दुई हाकिमको सरुवाका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगसँग सैद्धान्तिक सहमति माग गरेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार अर्थले दुई सहसचिवको सरुवाका लागि सैद्धान्तिक सहमति माग्दै पठाएको पत्रमा सहमति भने दिइसकेको छैन । अर्थ स्रोतका अनुसार,कमल प्रसाद भट्टराईको ठाँउमा चक्र बूढा र रितेश शाक्यको स्थानमा दीर्घराज मैनालीलाई लैजाने तयारी भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

Advertisement 2

सरकारले यही सातामात्र राजश्व अनुसन्धान विभागको महानिर्देशक झलकराम अधिकारीलाई साढे ४ महिना नै हरिहरभवनबाट तानेर सो स्थानमा प्रम कार्यालयका मदन दाहाललाई खटाइएको छ । झलकरामलाई अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएको छ ।

प्रकाशित :२०७९ कार्तिक १८, शुक्रबार ११:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry