प्रतिनिधिसभाः राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढी पश्चात्को राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन्।

Advertisement 1

सभाको बैठकमा उपनेता अर्यालले सरकार र अन्य पक्षले राहत, खोज, उद्धार, पुनःनिर्माणका भइरहेका कामलाई तीव्रता दिन विदेशीसमेतको सहयोग समयमा लिनेगरी सरकारले पहल गर्न नसकेको टिप्पणी गरीन्।

उनले राजनीतिक दल, स्थानीय तह, समुदाय र विभिन्न समूहलाई परिचालन गरेर पुनःस्थापनाका लागि पहल गर्नुपर्ने भूकम्पपछिको पुनः निर्माणको विगतको अनुभवलाई ध्यान दिन आग्रह गर्दै त्यस्ता काममा आफूहरूसरकारसँग हातेमालो गर्न तयार रहेको स्पष्ट गरीन्।

Advertisement 2

पुनः निर्माणका लागि स्वायत्त र अधिकारसम्पन्न विशेष निकाय (प्राधिकरण) गठन र अन्तरारष्ट्रिय समुदायको सहयोगमा द्रूत गतिमा काम गर्न सुझाव दिँदै जलवायु परिवर्तनका कारण नेपाले भोग्नुपरेको क्षति र पाउनुपर्ने न्यायबारे सशक्त आवाज उठाउन आग्रह अर्यालले गरीन्। उनले बजारमा खाना पकाउने ग्यासको अभाव, मूल्यवृद्धि आदिबारे सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित :२०८३ भाद्र ३०, मंगलवार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry