सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर। गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र रथारोहण गरिएको छ।

Advertisement 1

भाद्र शुक्ल चतुर्थी अर्थात गणेश चतुर्थीका उपलक्ष्यमा सूर्यविनायक नगरपालिका–६ र ८ का स्थानीयले गणेश मन्दिरमा पूजाआराधाना गरी गणेशको चाँदीको मूल मूर्तिलाई खटमा राखेर रथारोहण गराएका हुन्।

यसअघि वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गणेशको पुजा गरी रथारोहणको प्रारम्भ गरेका थिए।

Advertisement 2

त्यस्तै सङ्घीय सांसदद्वय रुकेश रंजित र राजिब खत्री, पूर्व सांसद दूर्लभ थापा तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायतले गणेशको पुजाअर्चना गरेपछि जात्रा सुरुभयो।

मन्दिरको मुल ढोकामै गणेशलाई बिभिन्न परिकारका प्रसाद चढाएर पछि रथलाई बोकेर सिन्दुर खेल्दै रथ यात्रा सुरु गरिएको जात्रा आयोजक सूर्यविनायका नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए।

Advertisement 3

स्थानीय विभिन्न टोलको परिक्रमापछि रथ जात्रा पुनः मन्दिरमा ल्याइने र साँझ पूजा एवं आरतीपछि मूर्तिलाई पुरानै स्थानमा प्रतिस्थापन गरिने छ। जात्रा वडा नं ६ र ८ को आर्थिक सहयोगमा विस २०७८ बाट मनाउन सुरु भएको थियो।

प्रकाशित :२०८३ भाद्र ३०, मंगलवार १६:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry