स्थानीय तहमा खटिएका २ हजार बढी कर्मचारी घर न घाटको हुने खतरा

स्थानीय तहले धमाधम कर्मचारी फिर्ता पठाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजन र कोभिड ९० को समयताका खटाएका कतिपय कर्मचारीहरुलाई स्थानीय तहले धमाधम फिर्ता पठाउन थालेका छन् ।

Advertisement 1

स्वास्थ्य मन्त्रालयले गत २५ असारमा ७ बुँदे पत्र पठाउँदै कर्मचारी समायोजन पश्चात स्थानीय तहहरुको दोहोरो सहमतिका आधारमा कामकाज खटाइएका कर्मचारीहरुमध्ये स्वीकृत दरबन्दी भन्दा बढी स्वास्थ्य कर्मचारीहरुलाई तत् तत् स्थानीय तहमा १ साउन देखि लागू हुने गरी अनिवार्य काज फिर्ता गरी मन्त्रालयलाई जानकारी दिनु भनेको थियो ।
स्वास्थ्यको सोही परिपत्रमा टेकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समेत दरबन्दीभन्दा बढी रहेका कर्मचारीहरुलाई काज फिर्ता गर्न ७५३ स्थानीय तह र सातै प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई परिपत्र गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासनले दरबन्दी बढी रहेका कर्मचारीलाई फिर्ता पठाउन परिपत्र गर्न थालेसँगै कोहलपुर नगरपालिकाले एकै पटक १६ जना स्वास्थ्यकर्मीलाई फिर्ता पठाएको हो ।

Advertisement 2

साउ १ गतेदेखि दरबन्दीभन्दा बढी भएका कर्मचारीहरुलाई तलब खुवाउन नसकिने भन्दै दरबन्दी भन्दा बढी भएका कर्मचारीहरुलाई फिर्ता गर्ने निर्णय गरेको हो ।

Advertisement 3

कोहलपुर नगरपालिकाबाट काज फिर्ता हुनेहरुमा पाँच जना छैटौँ तह, नौ जना पाँचौँ तह र दुई जना चौथो तहका स्वास्थ्यकर्मी रहेका छन् ।
यसैबीच कर्मचारी ट्रेड युनियनहरुले भने मन्त्रालयको यो निर्णयले झण्डै ६ हजार कर्मचारी प्रभावित हुने र उनीहरुको वृत्ति विकास रोकिने भन्दै यो निर्णयको विरोध गर्न थालेका छन् ।
काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावल र एकीकृत सरकारी कर्मचारी संगठनका महासचिव प्रकाश राईद्धारा जारी विज्ञप्तीमा सरकारको यो निर्णयले ६ हजारभन्दा बढी कर्मचारी प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरेका हुन ।
कर्मचारीहरुलाई कासमु भर्ने समय दिइएको छ,साउनको १ गतेदेखि सात गतेसम्म । साउन १ गतेदेखि नै स्थानीय तहहरुले धमाधम स्थायी कर्मचारी फिर्ता पठाइए पछि उनीहरु कहाँ जाने ? कुन कार्यालयमा गएर हाजिर गर्ने ? यो निर्णयले ती कर्मचारीहरुको वृत्ति विकासको बाटो नै रोकिने भन्दै कर्मचारी संगठनहरुले चिन्ता व्यक्त गरेका छन् ।
यही बीचमा विभिन्न प्रदेशहरुले प्रदेशस्थित लोकसेवाबाटै २ हजार १ सयभन्दा बढी कर्मचारीहरुको पदपूर्ति गरिसकेका कारण ती स्थायी कर्मचारी यता न उता हुने सन्त्रास छ ।

प्रकाशित :२०८० असार ३१, आईतवार १४:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry