गत आवमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

काठमाडौं। गत आर्थिक वर्षमा रु ७ खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ। नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा बढोत्तरी भएको छ।
Advertisement 1
राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा भने रु ३ खर्ब ८६ अर्ब १५ करोड अर्ब बराबरको घरजग्गा कारोबार भएको थियो। आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबारको सङ्ख्या आव २०८१/८२ को तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आवको तुलनामा २०८१/८२ मा भने घरजग्गाको कारोबार सङ्ख्या १.८४ प्रतिशतले घटेको थियो।
प्रकाशित :२०८३ भाद्र ३०, मंगलवार १५:५९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








