धर्म र संस्कृतिका बारेमा कम्युनिष्टहरू किन विवादित छन्?

कम्युनिजममा धर्मलाई अफिम भनिन्छ रे। अफिम भनेको मानिसलाई भिम्मल बनउने पदार्थ, लागू पदार्थ जस्तै। अक्सफोर्ड डिक्स्नेरीले धर्मलाई “the belief in and worship of a superhuman power or powers, especially a God or gods.”ideas about the relationship between science and religion”भनेर परिभाषित गरेको छ। खासगरी धर्म भनेको अदृश्य शक्ति उपरको बिश्वास हो। जब विश्वास हुन्छ तब त्यसको उपासना वा पूजा गरिन्छ, पूजाको अर्थ मान्यता दिनु हो। हुन त कम्युनिष्टहरू भौतिकवादमा विश्वास गर्छन्। अर्थात जुन चिज देख्न, छुन सकिन्छ त्यसलाई मात्र विश्वास गर्छन्।
Advertisement 1
उनीहरु भौतिक शरीरलाई मात्र जीव मान्छन् तर त्यसमा विद्यमान आत्मा, मन लाई मान्यता दिदैनन्। किनभने स्थूल शरीरलाई जस्तो मन, आत्मालाई छुन सकिदैन। उनीहरू सबै महिलालाई एउटै ठान्छन्, महिलालाई सम्बोधन गरिने आदरार्थी शब्दको सम्मान गर्नु पर्दैन उनीहरूलाई। किन कि सम्मानमा भौतिकता हुदैन। त्यस्तै उनीहरूको शब्दकोषमा परलोक, स्वर्ग, पितृ, कर्मकाण्ड, तीर्थ, ब्रत, पूजापाठ, मन्दिर, पूजारी, भक्तजन, संस्कार, संस्कृति केही हुदैन। उनीहरू आधीमा मात्र विश्वास गर्छन्। नदेखेको कुरामा विश्वास गर्दैनन्। जीवन भनेको देख्न सकिने र देख्न नसकिने दुबै को मिश्रण हो। उनीहरू यो दुबै बुझ्दैनन् । त्यसैले उनीहरू आधा मात्र बुझ्छन्। हालै एकजना विकृत मानसिकताका संस्कति मन्त्रीले कृश्चियानिटीको वकालत गर्दै कृश्चियन बाहेक सबैलाई नेपालको संविधान विरोधी भन्दै जेल हाल्ने कुरा गरे।
विचरा आधा दिमाग भएकाबाट राम्रो र सकारात्मक कुराको अपेक्षा गर्ने हामी पनि त्यस्तै हौ तर पनि राज्यको मन्त्री, त्यसमा पनि नेपालीको आस्था र विश्वास संग जोडिएको मन्त्रालय संग सम्बन्धित भएकोले केही जानकारी भएको नरपशु होला भन्ने ठानेको पशु मात्रै रहेछ, के बोल्नु हुन्छ के बोल्नु हुदैन भन्ने सम्म पनि हेक्का राख्न नसक्ने त पशुकै कोटीमा पर्छ। हिन्दू धर्मको विरोध गर्ने होली वाईनका सन्तानहरूलाई कृश्चियन पनि एउटा धर्मै हो भन्ने जानकारी त हुनु पर्ने हो तर नेपालको हिन्दू धर्मलाई तहस नहस पारेर त्यो ठाऊमा कृश्चियानिटी बढाउन यूरोपियनले खोलेको टेण्डरमा ठेक्का पार्न सफल होली वाईनका सन्तानलाई यो चाही अफिम लागेन र मज्जा संग प्रयोग भए हाम्रा कमरेडहरु। तिनै मध्येका एकजना नरपशुले संस्कृति पगरी गुथेर हिन्दू सनातनीलाई खोरमा हाल्ने धम्की दिए। पहिला पनि पशुपतिमा जनवादी बुख्याचा रूपी पण्डित ल्याएर संस्कार भत्काउने कोशिश भएकै हो, फेरि अहिले पनि एकजना कृश्चियनलाई ल्याएर निर्देशक बनाईएको छ।
Advertisement 2
यिनीहरूले आफ्नो मौलिकतालाई समाप्त पारेर अरूको ईशारामा आफ्नो अस्तित्व जोगाउने प्रयास गरेका छन्। नेपालमा करीब ८५% हिन्दू सनातनी छन् भन्ने कुरा संसदीय ब्यबस्थामा छिरेका कम्युनिष्टलाई पनि थाहै छ। यिनको अगाडि बुख्याचा बनेर भए पनि मत पट्याउन कहिले भैसी पूजा गर्ने, कहिले गेरू बस्त्र लाउने नाटक गर्न पछि नपर्ने कमरेडहरूले यस्तै गतिविधि गरी रहे भने अब हुने चुनावमा यिनीहरूलाई टीन ठट्याएर लखेट्नु नपरोस्। हुन त कमरेडहरू हुदाखादाको मिलेर बसेको समाजलाई भांडेर विभाजन गरेकै छन्, संविधानतः नामाकरण भै सकेको कोशी प्रदेशलाई पहिचानको नाममा विखण्डन गर्ने कोशिशमा छन् भने के हिन्दू, के मुसलमान, के बुद्ध धर्मालम्बी सबैमा सहिष्णुता भएको खप्न नसकेर कृश्चियानिटीलाई माध्यम बनाएर बिखण्डन ल्याउन कोशिश गरेका छन्। धर्मलाई अफिम मान्नेहरू किन धर्मलाई माध्यम बनाएर समाज फुटाल्दै छन्? यस्ता आफ्नो घर पनि नबनाउने र अरूको घर पनि भत्काउने बांदरे प्रवृत्तिलाई हामी सबै मिलेर यिनीहरूलाई दुत्कार गरौ।