टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ ।

Advertisement 1

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

सामाजिक सद्‌भावमा खलल पुगेको भन्दै गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्‌ बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले टिकटक माथि लगाएको प्रतिबन्धबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा बहस भइरहेको छ।

Advertisement 2

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सामाजिक सद्‌भाव र पारिवारिक एकता बिथोलेको भन्दै टिकटक प्रयोगमा प्रतिबन्ध लगाउनुपरेको सरकारी तर्क छ। टिकटक प्रतिबन्धनको पक्ष र विपक्षमा विभिन्न तर्क भइरहँदा यो विषयले अदालतमा समेत प्रवेश पाएको छ।

 

प्रकाशित :२०८० मंसिर ४, सोमबार ०९:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry