सरकारी कर्मचारीका सन्ततिलाई सेवैपिच्छे छात्रवृत्ति सुविधा

सरकारले सरकारी सेवामा कार्यरत कर्मचारीका सन्ततिलाई सेवैपिच्छे छात्रवृत्ति दिने गरेको फेला परेको छ । यस अघि प्रहरी र नेपाली सेनाका सन्नतिले मात्रै पाउँदै आएको शैक्षिक छात्रवृत्ति विगत केही बर्षदेखि निजामती कर्मचारीहरुका सन्ततिले पनि पाउदै आएका छन् ।

Advertisement 1

निजामतीका सन्ततिले उच्च शिक्षा अध्ययन गर्न चाहेको खण्डमा राज्यले ६ प्रकारको छात्रवृत्ति पाउँदै आएका छन् । केही बर्ष बन्द भएर अघिल्लो आर्थिक बर्षदेखि निजामतीका सन्ततिलाई यो छात्रवृत्ति बाढन लागिएको हो । पछिल्लो बर्षमात्र १८ करोड कर्मचारीका सन्तानको पढाईका नाममा बाडिदैंछ । राज्यले २० लाख रुपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए ५ लाख रुपैयाँ, १५ देखि २० लाखसम्म लाग्ने भए ४ लाख रुपैयाँ, १० देखि १५ लाखसम्म लाग्ने भए ३ लाख रुपैयाँ, ५ देखि १० लाख रुपैयाँसम्म लाग्ने भए २ लाख रुपैयाँ, १ देखि ५ लाखसम्म लाग्ने भए १ लाख रुपैयाँ र त्यसभन्दा कम भए लागेको शुल्क बराबर छात्रवृत्ति प्रदान गर्दै आएकोमा कर्मचारीहरूका ६८७ छोराछोरीलाई पढ्नका लागि भन्दै सत्र करोड एकासी लाख छयासी हजार पाँच सय उनानब्वे भुक्तानी गर्ने भएको छ ।

Advertisement 2

सूची अनुसार इञ्जिनियरिङ अध्ययनका लागि सबैभन्दा धेरै ५ करोड ६९ लाख ७ हजार ७५८ बराबरको शैक्षिक वृत्ति पाएका छन्,निजामतीका २२९ सन्ततिले । दोश्रोमा निजामतीका १४४ सन्तानले चिकित्सा शिक्षा अध्ययनका लागि ७ करोड १७ लाख बराबरको शैक्षिक वृत्ति पाएका छन् । व्यवस्थापन संकायका ११९ जनालाई एक करोड ४२ लाख ८५ हजार ५ सय ३१ रुपैयाँ, सूचना प्रविधि संकायका ५२ जनालाई ९८ लाख २२ हजार ५ सय रुपैयाँ, कृषी विज्ञान संकायका ३६ जनालाई ७७ लाख ६७ हजार दुइ सय रुपैयाँ, कानुन संकायका ४५ जनालाई ७६ लाख रुपैयाँ, मानविकी संकायका ११ जनालाई १४ लाख ६२ हजार २ सय ९० रुपैयाँ, विज्ञान संकायका १२ जनालाई ११ लाख २० हजार दुई सय ५० रुपैयाँ, वन विज्ञान संकायका ५ जनालाई ५ लाख, आयुर्वेद संकायका १ जनालाई तीन लाख रुपैयाँ र शिक्षा संकायका ४ जनालाई दुई लाख ४१ हजार ६० रुपैयाँ वितरण गर्न लागिएको हो ।

छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीले सरकारले खटाएको ठाउँमा काम गर्नुपर्ने व्यवस्थासमेत गरिएको भए पनि यसरी छात्रावृत्तिमा पढाइएका कर्मचारीका सन्तति कहाँ,के गरिरहेका छन् सो को विवरण भने सरकारसँग छैन ।

Advertisement 3

यस अघि प्रहरी र सेनाका सन्ततिलाई मात्र छात्रवृत्ति वितरणको अभ्यास गर्दै आएकोमा कर्मचारीहरुले पनि आफ्नै हात जगन्नाथ शैलीमा आफ्ना सन्तानलाई छात्रवृत्ति पाउन थालेका हुन । यस अघि ०७३/७४ देखि रोकिएकोमा अघिल्लो आर्थिक बर्षदेखि कर्मचारी सन्ततीलाई छात्रवृत्ति बाढ्न थालिएको हो ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार यो कार्यक्रमका लागि आर्थिक बर्ष ०७८/ ७९ मा साढे १४ करोड बाडेको थियो । अहिलेसम्म राज्यले निजामतीका कर्मचारीलाई पढाउन भन्दै झण्डै १ अर्ब पैसा बाँडिसकेको जनाएको छ ।

प्रकाशित :२०८० असार २१, बिहीबार १५:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry