चार बर्ष पछि स्वास्थ्य मन्त्रालयले बल्ल पायो प्राविधिक सचिव

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा रोशन पोखरेललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। सचिव नियुक्तका लागि आज बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।
Advertisement 1
यसअघि स्वास्थ्य सचिव पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि प्राविधिक सचिव पद रिक्त थियो ।झण्डै चार वर्षपछि स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवा तर्फका सचिव नियुक्त भएका छन्।
स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवको दरबन्दी भए सरकारले प्रशासन सेवाको सचिवलाई स्वास्थ्य मन्त्रालयमा खटाउँदै आएको थियो । नयाँ सरकारले स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिवलाई मन्त्रालयको जिम्मेवारी दिएको छ ।