जुवाडे जर्नेल सुटुक्क रिहा

जुवाखालबाट पक्राउ परेका नेपाली सेनाका पूर्व उपरथी होम लावतीलाई प्रहरीले सुटुक्क छोडेको छ । गत मंगलबार उनीसहित ८ जना जुवाडेलाई ललितपुर सातदोवाटोमा रहेको क्लासिक टावरबाट प्रहरीले पक्राउ गरेको थियो । ललितपुर प्रहरीले लावतीसहित ८ जना जुवा खालबाट पक्राउ परेका हुन् ।हात्तिवन स्थित जुवा खालबाट १६ लाख ८२ हजार ५ सय बरामद गरेको थियो ।

Advertisement 1

ललितपुर महानगरपालिका–१५ स्थित क्लासिक टावरमा संचालित जुवा खालबाट पूर्व उपरथी लावती, रेम कुमार लिम्बु, सञ्जिव महर्जन, देवराज लिम्बु, प्रकाश काफ्ले, अष्टमान लामा, सरोज प्रसाद आचार्य र बिरोस लिम्बु लगायत रहेका थिए ।
ललितपुर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेका ठूला खेलाडीहरुलाई सुटुक्क रिहा गरेको हो । लावती नेपाली सेनाका पूर्व जर्नेलसमेत हुन् । प्रहरी स्रोतका अनुसार, पूर्वजर्नेल लावतीले पछिल्ला समय नियमित रुपमा जुवा खेल्दै खेलाउँदै आएका थिए ।
यस अघि ललितपुरको धापाखेलस्थित आफ्नै घरमा जुवाको खाल चलाउँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए । अहिले त्यहाँबाट सरेर क्लासिक टावरको ए ब्लकमा जुवा खेल्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

लावती अवकाशअघि सेनाको मुद्दा मामिला हेर्ने कानुन विभाग (प्राड विवाक) का प्रमुख थिए ।

प्रकाशित :२०८० मंसिर १, शुक्रबार ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry