लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक प्रश्न,विवादमा तानिए अधिकृत

अचेल बजारमा लोकसेवाका अनेकन गुरु र तिनका पुस्तकहरु बजारमा छ्याप्प छ्याप्ती भेटिन्छन् । अर्बाै भ्रष्टचार मुद्धामा डामिएका चुडामणि शर्मादेखि लोकसेवाको तयारी गर्दा दशौं पटक अनुत्र्तिण भएकाहरुले लेखेका पुस्तकहरु बजारमा पाइन्छ ।
Advertisement 1
यस्तै कतिपय बहालवाला कर्मचारीले लेखेको लोकसेवा तयारी पुस्तक नै विवादमा तानिएको छ । नेपाल सरकारका एक जना संरक्षण अधिकृतले लेखेको लोकसेवा तयारी पुस्तक विवादमा तानिएको हो ।
अधिकृत राम एकवाल दासले लेखेको पुस्तक विवादमा परेको छ । विद्या विकास पब्लिकेसन्स कलंकीले प्रकाशित गरेको गेमस्काउट, वन रक्षक, सफलताको साथी नामक पुस्तकमा आपत्ति जनक प्रश्न राखेपछि एकवाल र उनको पुस्तक विवादमा परेको हो ।
Advertisement 2
वन तथा वातावरण मन्त्रालयका सहायक सहायक संरक्षण अधिकृत राम एकवाल दासले लेखेको गेमस्काउट, वन रक्षक, सफलताको साथी नामक पुस्तकको पृष्ट नम्बर १४३ मा महिलाहरुबारे आपत्तिजनक शब्दसहित प्रश्नोत्तर राखिए पछि अधिकृत दास विवादमा तानिएका हुन ।
सो पृष्टको १८ नम्बर प्रश्नमा चारवटा अप्सनसहित महिलाबारे आपत्तिजनक प्रश्न सोधिएको हो।त्यसपछि जवाफको चार वटा अप्सन राखिएको छ । उक्त पुस्तकलाई लिएर अहिले सामाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ ।
मन्त्रीहरूका निजी र स्वकीय सचिव कस्तो हुनुपर्छ ? पक्कै पनि मन्त्रीको कार्य सम्पादनमा सहयोग पुर्याउने र प्रतिष्ठा बढाउन मद्दत गर्ने हुनुपर्ने होला । तर, विडम्बना वन मन्त्री विरेन्द्र महत्तोको सचिवालयमा यस्तै बदनाम कर्मचारीलाई भित्र्याएका छन् । महत्तोले आफ्नो प्रतिष्ठाको समेत ख्याल नगरी यस्ता विवाद्स्पद् कर्मचारीलाई निजी स्वकीयका रुपमा सचिवालयमा राखेका छन् ।
Advertisement 3
मन्त्रालयको सरकारी काममा सहयोग पुर्याउन निजामती कर्मचारीभित्रबाट निजी सचिवको व्यवस्था गरिएको हुन्छ भने निजी कामका लागि स्वकीय सचिव । वन मन्त्रीको सचिवालयमा यस्तै विवादित पुस्तकका लेखक संरक्षण अधिकृत राम एकवाल दासलाई नियुक्त गरेका छन् ।