सेवाग्राहीको सन्तृष्टि सर्भेक्षण गर्दै राष्ट्रिय सतर्कता केन्द्र

राष्ट्रिय सतर्कता केन्द्रले सरकारी सेवा लिँदा सेवाग्राहीको सन्तृष्टि सम्बन्धि सर्भेक्षण थालेको छ । सतर्कता केन्द्रको एउटा टोली अहिले काठमाडौं महानगरपालिकामा पुगेर त्यहाँ सेवा लिन पुगेका सेवाग्राहीबाट सन्तृष्टि सम्बन्धी सर्भेक्षण गरिरहेको छ ।

Advertisement 1

केन्द्रबाट खटिएका कर्मचारीहरुले काठमाडौं महानगरपालिकामा सेवा लिन पुगेका सेवाग्राहीलाई एउटा सर्भेक्षण फाराम भराई,त्यसबाट उनीहरुले सेवा प्राप्त गर्दा भोगेका सहज वा असहज स्थितिलाई मूल्यांकन गर्दै सेवाग्राहीको सन्तृष्टि सर्भेक्षण शुरुवात गरिएको सचिव रामआधार साहले इकर्मचारी डटकमलाई जनाएका छन् । केन्द्रको कुर्सीमा पुगेसँगै सचिव रामआधार साहले यो किसिमको कामको शुरुवात गरेका हुन ।

केन्द्रले सेवाग्राहीसँग विभिन्न दश वटा बिषयमा प्रश्न गर्ने छ र सोको आधारमा सेवाग्राहीको सन्तृष्टिसम्बन्धि मूल्यांकन गर्ने लागेको हो । जहाँ सेवाग्राहीले भोग्नु परेको दुख,कष्ट,हैरानीका अलवा नजराना (घुस) दिनुपरेको भए सो समेत खुलाउन भनिएको छ ।
फाराममा सेवाग्राहीलाई उनीहरुको नाम,ठेगना,लिङ्ग,कार्यालयमा के कति कामले गएको हो सो को विवरण सोध्ने छ ।
यस्तै केन्द्रले सेवाग्राहीसँग नागरिक वडापत्रको बारेमा कतिको जानकारी छ ? कार्यालयको सेवा लिने क्रममा बाहिरी व्यक्ति (विचौलिया)को सहयोग लिनु पर्यो वा परेन भन्ने प्रश्न सर्भेक्षण फाराममा सोध्ने छ ।
यस्तै कार्यालयबाट सेवा लिन अतिरिक्त रकम (घुस) दिनुपर्यो वा परेन ? कार्यालयबाट प्राप्त सेवा प्रति कतिको सन्तृष्ट हुनुहुन्छ ? सन्तृष्टि असन्तृष्टिका कारण समेत सेवाग्राहीसँग सोध्ने छ ।
महानगरपालिकाबाट विवरण संकलन गरेर फर्किएलगतै केन्द्रले आजै पत्रकार सम्मेलन गरी उक्त सर्भेक्षण रिर्पोट सार्वजनिक गर्न लागेको छ ।

प्रकाशित :२०८० माघ २१, आईतवार १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry