निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. पौडेल नियुक्त

नयाँ बानेश्वरस्थित निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा विधाननिधी पौडेललाई नियुक्त गरिएको छ। मंगलबार वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डा पौडेललाई सिभिल अस्पतालको निर्देशकमा नियुक्त गरेको हो। प्रतिष्प्रर्धामा रहेका डा दिनेशकुमार लम्साल र डा प्रकाशराज न्यौपानेलाई पछि पार्दै डा विधानिधि पौडेलले बाजी मारेका हुन् । पौडेल हालसम्म वीर अस्पतालमा कार्यरत छन्। कार्यकारी निर्देशकका लागि आठ जनाको आवेदन परेको थियो। समितिले तीमध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा तीन जनाको नाम सिफारिस गरेको थियो।जसमध्ये पौडेललाई मन्त्रिपरिषद्को बैठकले चयन गरेको हो ।

प्रकाशित :२०७७ फाल्गुन २६, बुधबार १२:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry