न उजुरी,न स्पस्टिकरण ठाडै उम्मेदवारी खारेज, रिट फुयाल श्रीमानले हेर्दै
रुपन्देही क्षेत्र नम्बर २ का उमेदवारको उमेदवाी खारेजीमा परेसँगै त्यहाँका निर्वाचन अधिकृतको भूमिकामाथि नै प्रश्न चिन्ह उठेको छ ।
Advertisement 1
त्यहाँका निर्वाचन अधिकृत उदवीर नेपालीले एमालेका तर्फबाट उमेद्धार बनेका बिष्णु पौडेलका प्रतिष्प्रर्धी रहेका राजु गुरुङ र स्वतन्त्र उमेदवार कमल भुसालको उमेदवारी खारेज गरेसँगै अहिले यो विवाद सर्वाेच्चमा प्रवेश गरेको छ ।
एकीकृत समाजवादीको तर्फबाट उमेदवार बनेका राजु गुरुङको रिटमाथि आज सुनुवाई हुँदैछ । न्यायधीश हरिप्रसाद फुँयालको एकल इजलाशमा पेशी तोकिएको छ । १० नम्बरको बेञ्चको १६ औं नम्बरमा राखेर मुद्धाको सुनुवाई हुँदैछ ।
Advertisement 2
निर्वाचन अधिकृत नेपालीले सेटिङमा उम्मेदवारी खारेज गरेको आरोप लाग्दै आएको छ । ।
यस अघि सर्वोच्चमै कार्यरत रहेका निर्वाचन अधिकृत नेपाली माथि एमालेको नुन पानी खाएको आरोप लाग्न थालेको छ ।
यस्को कारण हो नेपालीको पृष्टभूमि उनी एमालेको गण्डकी प्रदेशको सांसद बनेकी जुनादेवी नेपालीका श्रीमान् हुन् । यस्का अलवा उनी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाको सचिव भएरसमेत काम गरेका थिए ।
निर्वाचन अधिकृतको भूमिकालाई लिएर प्रश्न उठ्न थालेको छ । निर्वाचन अधिकृत उदवीर नेपाली राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको स्वकीय सचिवको जिम्मेवारीमा रहिसकेको र उनकी पत्नी नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशमा सांसद रहिसकेका कारण उनी पूर्वाग्रही देखिएको विभिन्न दलका प्रतिनिधिको भनाइ छ ।
Advertisement 3
तर मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचन अधिकृत नेपालीले गलत नियतका साथ गुरुङको उम्मेदवारी खारेज गरिदिएको गठबन्धनका दलका नेताह्ररु बताउँछन् ।