सूचना आयोगको सचिव दरबन्दी कटौती

सरकारले अर्काे एक सचिवको दरबन्दी कटौती गरेको छ । केही अघि काठमाडौं महानगरपालिकामा सचिवको दरबन्दी कटौती गरेको सरकारले राष्ट्रिय सूचना आयोगमा सचिवको दरबन्दी कटौती गरेको छ । त्यहाँ सह सचिवकै दरबन्दी प्रर्याप्त हुने निष्कर्ष निकाली सचिवको दरबन्दी कटौतीमा परेको हो । केही साता अघिको मन्त्रिपरिषद्को बैठकले नै सचिवको दरबन्दी काट्ने निर्णय गरेको भए पनि कानूनीरुपमा मिलाउन समय लागेको थियो ।
यस्तै नेपाल ट्रष्टको कार्यालयमा समेत सचिवको दरबन्दी कटौतीको तयारी चल्दैछ ।

प्रकाशित :२०७७ मंसिर २९, सोमबार ०९:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry