राजश्व अनुसन्धानको हाकिम फेरिए :-पौडेललाई सामान्यमा तानेर अधिकारीलाई खटाइयो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजश्व अनुसन्धान विभागका हाकिम परिवर्तन भएका छन । आठ महिना अघि त्यहाँ पुगेका प्रकाश पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानेर त्यहाँ झलकराज अधिकारीलाई त्यहाँ पठाइएको छ ।
अधिकारी झण्डै पाँच महिना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जगेडामा राखिएका थिए । केही साता अघिमात्र उनलाई सामान्यको जगेडाबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याइएको थियो ।अधिकारी यसअघि सहकारी विभागको रजिष्टार समेत रहेर काम गरिसकेका कर्मचारी हुन । यस्का अलवा यस अघि ठूला करदाता कार्यालयमा कर अधिकृत पदमा रुपमा रहेर समेत काम गरिसकेका उनलाई राजश्व अनुसन्धान विभागमा पठाइएको हो ।

Advertisement 1

विशेष गरेर राजश्व मार्न पल्किएका केही व्यापारी र विचौलियाको दबाबमा परेर पौडेललाई मन्त्रालयमा सरुवा गरी त्यहाँ अधिकारीलाई पठाइएको कर्मचारी वृत्तमा चर्चा छ ।

प्रकाशित :२०७९ जेष्ठ ३०, सोमबार १६:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry