कोरला नाकाबाट ल्याइँदै गरेको साढे ४ लाख बराबरको अवैध सामान मुस्ताङमा बरामद

काठमाडौं। मुस्ताङ प्रहरीले भन्सार छली गरी नेपाल–चीनको कोरला नाकाबाट पोखरातर्फ ल्याइँदै गरिएको करिब रु. ४ लाख ३५ हजार ८०० बराबरको अवैध सामान बरामद गरेको छ।

Advertisement 1

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार थासाङ गाउँपालिका–३ स्थित इलाका प्रहरी कार्यालय लेतेले नियमित सवारी जाँचका क्रममा उक्त सामान बरामद गरेको हो।

प्रहरी निरीक्षक ईश्वर महतका अनुसार कोरला नाकाबाट जोमसोम हुँदै पोखरातर्फ जाँदै गरेको महेन्द्र बोलेरो जिपलाई जाँच गर्ने क्रममा भन्सार प्रज्ञापन पत्र तथा आवश्यक कागजात नभएका विभिन्न सामग्री फेला परेका थिए।

Advertisement 2

बरामद सामानमा जुत्ता, चप्पल, जिन्स पाइन्ट, टाउजर, टिसर्टलगायतका सामग्री रहेका छन्। प्रारम्भिक मूल्यांकनअनुसार ती सामानको मूल्य करिब रु. ४ लाख ३५ हजार ८०० रहेको प्रहरीले जनाएको छ।

प्रहरीले गाडी, चालक तथा सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि मुस्ताङ भन्सार कार्यालयमा बुझाएको छ।

Advertisement 3

अनुसन्धान जारी रहेकाले सामान ल्याउने व्यक्तिको परिचय हाल सार्वजनिक नगरिएको जिल्ला प्रहरीले जनाए

प्रकाशित :२०८३ असार ३२, बिहीबार ११:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry