कर्मचारीले स्वेच्छिक अवकाशको सुविधा नपाउने

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले पाउँदै आएको स्वेच्छिक अवकाश सुविधा कटौती हुने भएको छ । प्राधिकरणको गत २१ पुसमा बसेको सञ्चालकब समितिको ८९४ औं बैठकले यस्तो निर्णय गरेको हो ।
प्राधिकरणको सञ्चालक समितिको बैठकले आगामी साउन १ गतेदेखि प्राधिकरणका स्वेच्छिक अवकाश सुविधा कटौती हुने भएको हो । प्राधिकरणको जनसाधन विभागका निर्देशक बेलप्रसाद शर्मा हस्ताक्षरित पत्रमा स्वेच्छिक अवकाशका लागि इच्छुक कर्मचारीहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर २०७९ असार मसान्तभित्र प्राधिकरणको जनसाधन विभागमा दर्ता हुने गरी आवेदन गर्न भनेको छ ।

Advertisement 1

20360673

प्राधिकरणले आगामी असार मसान्तपछि लागु हुने गरी दिइएका निवेदन माथि कुनै कारबाही नहुने प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, शर्त विनियमावली, २०७५ को विनियम १०० मा स्वेच्छिक अवकाशको व्यवस्था छ ।

प्रकाशित :२०७८ माघ २६, बुधबार १२:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry