भौतिक मन्त्रालयमा सरुवा धमाधम

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव तहका १० कर्मचारीसँगै थप ६० जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले सिभिल समूह र हाइ वे उपसमूहका १० जना उपमहानिर्देशक (सुई)को सरुवा गरेको छ ।

Advertisement 1

सरुवाको सूची अनुसार, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा तानिएका छन्, उपमहानिर्देशकमा रुपमा । ललिजनको ठाउँमा हुलाकी राजमार्ग आयोजनाका शुभ राज न्यौपानेलाई पठाइएको छ ।

यस्तै मन्त्रालयले सडक विभागको पुल महाशखामा कार्यरत उपमहानिर्देशक नरेशमान शाक्यलाई सडक विभाग अन्तरगतकै गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमा पठाइएको छ । गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक अजयकुमार मुललाई हुलाकी राजमार्ग आयोजना निर्देशनालयको जिम्मेवारी पाएका छन ।

Advertisement 2

यस्तै संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय इटहरीका प्रमुख प्रेमप्रकाश खत्रीलाई सडक विभाग अन्तरगतको उत्तर दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको प्रमुखको जिम्मेवारी पाउदा बलत्कारको आरोपमा कैद सजाय भुक्तान गरिरहेका पुष्पलाल मध्यपाहडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख हरिकुमार पोखरेललाई सडक विभागको पुलतर्फ काज फिर्ता गरिएको छ । जलमार्ग आयोजनाका सुई कुवेर नेपालीलाई पुष्पलाल (मध्य पहाडी) राजमार्ग आयोजना निर्देशनालयमा खटाइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मन्त्री स्तरीय निर्णय गर्दै नेपाल इन्जिनियरिङ सेवाका सहसचिवदेखि शाखा अधिकृतसम्मका कर्मचारीको सरुवा गरेका हुन ।

Advertisement 3

प्रकाशित :२०८० भाद्र २८, बिहीबार ०९:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry