अकस्मात डिआइजीहरु किन पुगे लोकसेवा आयोगमा ?

अरुलाई न्याय दिनुपर्ने प्रहरीहरु आफैं अन्यायमा परें भन्दै उजुरी गर्दै हिड्नु्पर्ने अबस्थामा पुर्याइएको छ । गत मंगलबार गरिएको बढुवा सिफारिसमा बरियता मिचिएको भन्दै असन्तृष्ट प्रहरीहरु उजुरी गर्न बढुवा सिफारिस समितिमा पुगेका हुन । गत मंगलबारको बढुवा सिफारिस समितिले डिआइजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा सिफारिस समितिमा गृहसचिव टेकनारायण पाण्डे अध्यक्ष, सदस्य सचिव आईजीपी शैलेश थापा क्षेत्री र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहेका छन सो समितिले गरेको बढुवाप्रति असन्तृष्टी जनाउँदै डिआइजीहरुले बढुवा सिफारिस समितिमा उजुरी दिएका हुन ।
सिफारिसमा हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा परेका थिए । यसरी गरिएको बढुवा सिफारिसमा बरियता मिचिएको भन्दै असन्तृष्टी बोकेर केही असन्तृष्ट डीआइजीहरुले आइतबार लोकसेवा आयोगको कार्यालयमा उजुरीपत्र बुझाएका हुन्। वरिष्ठता र कार्यक्षमताका आधारमा हुनुपर्ने बढुवामा मनपरी गरिएको भन्दै तीन जना डिआइजीले लोकसेवा आयोगमा उजुरी गरेका हुन्।
Advertisement 1
उनीहरुले आफूभन्दा जुनियर डिआइजीलाई अतिरिक्त महानिरीक्षक (एआइजीं)मा बढुवा सिफारिस गरेको भन्दै नेपाल प्रहरीका केही डिआइजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका छन् । बढुवाउपरको उजुरी सुन्ने समितिमा आइतबार ईश्वरबाबु कार्की, घनश्याम अर्याललगायत आईजीपी शैलेश थापाको ब्याचका डीआईजीहरुले उजुरी दिएका हुन् ।
वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्र धानुकलाई बढुवा सिफारीस गर्दा पन्तमात्रै वर्तमान आइजीपी शैलेश थापा क्षेत्रीका व्याची हुन्। सिंह र धानुक पछिल्लो व्याची हुन्। आफूभन्दा पछिल्लो व्याचीलाई वरियता मिचेर एआइजीमा सिफारिस भएको भन्दै कार्कीसहित डीआइजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्की लोकसेवा आयोगका साथै अदालत जाने तयारीमा छन्।
बढुवा सिफारिसविरुद्ध परेको उजुरीमाथि लोकसेवा आयोगका अध्यक्ष , नेपाल सरकारको मुख्य सचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य रहने पुनरावलोकन समितिले छानबिन गर्नेछ ।