“नेकपा पराजित हुने डरले कर्मचारीको चुनाव स्थगित गराइयो”
आधिकारिक निजामती कर्मचारी ट्रेड युनियनको निर्वाचन आगामी २४ असोजमा तोकिएर, कार्यालयहरु तोकिएर निर्वाचन प्रक्रिया अघि बढाईएको अवस्थामा सरकारले सरोकारवालाहरुसँग परामर्श, छलफल र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित् गर्यो । यसमा हाम्रो गम्भीर आपत्ति छ ।
मतदाता नामावली प्रकाशित गरेर निर्वाचन प्रक्रियामा अघि बढेको अवस्था थियो । तर, सरकारले एकाएक कसैसँगपनि सरसल्लाह र समन्वय नै नगरी एक्कासी निर्वाचन स्थगित गर्ने निर्णय गर्यो । यो लोकतन्त्रमाथिको धावा हो । आगामी २४ असोजमा तय भएको निर्वाचन स्थगित् हुनु संविधानको भावना र कानूनविपरित काम हो ।
निर्वाचन स्थगित् गरिएकोमा मेरो व्यक्तिगत र नेपाल निजामती कर्मचारी युनियन संघको घोर आपत्ति छ ।
कोरोनाको कहरकै बीचमा निर्वाचनको मिति तय गरिएको हो, निर्वाचन नगर्ने हो भने किन चुनावको मिति तोकियो त ? हामी प्रजातन्त्रवादी हौं । चुनावको पक्षमा थियौं । चुनावबाट भाग्नु भनेको लोकतन्त्रविरोधी कदम हो ।’
आफूहरु ट्रेड युनियनको अधिकार रक्षा हुनुपर्ने पक्षमा छौं । सरकारले एक्कासी निर्वाचन स्थगित् गरेर गम्भीर त्रुटी गरेको छ । सत्तारुढनिकट ट्रेड युनियन संगठनहरुबीच एकता भएको छैन् । उहाँहरुको आन्तरिक लडाई हो । उहाँहरुले हार्ने निश्चित भएपछि सरकारलाई ब्रिफिङ गरेर चुनाव स्थगित गरिएको हो र अहिले मिति सारिएको छ । सरकारी संयन्त्र प्रयोग गरेर (गुप्तचर र सिडिओहरुमार्फत) चुनाव हार्ने देखेपछि पार्टीलाई कन्भिन्स गराएर नेकपानिकट संगठनहरुले चुनाव स्थगित गराउन लगाएका हुन्
उहाँहरुको दुई संगठन हुन नसक्नु र अर्को भनेको आफू पराजित हुने डर नै हो । सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको धज्जी उडाइरहेको छ ।
वर्तमान सरकार एकपछि अर्को गरेर अलोकप्रिय काम गर्दै गइरहेको छ । आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित हुनु ठूलो कुरा होइन् तर यसरी मिति तय गरेर चुनाव स्थगित् हुँदै जाँदा भोलि स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन पनि समयमै होला त ? भन्ने प्रश्न उब्जेको छ
Advertisement 1
#Gopal pokhrel # Durga Fuyal