कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन

काठमाडौं। राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्ने गरी तयारी थाल्न निर्देशन दिएको छ।

Advertisement 1

समितिका सभापति कृष्णप्रसाद पौडेलले जलवायु परिवर्तनबाट नेपालजस्तो भौगोलिक बनोट भएको मुलुकमा परेको प्रभावलाई ध्यानमा राख्दै अन्तरराष्ट्रिय मञ्चमा नेपालको हित सुनिश्चित हुनेगरी सावधानीपूर्वक वार्ता गर्नुपर्ने बताए।

समितिले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) का सम्बन्धमा आज आयोजना गरेको छलफलमा उनले जलवायु परिवर्तनका प्रभावलाई समितिले सुरुदेखि नै प्राथमिकतामा राखेर निरन्तर छलफल गर्दै आएको बताए।

Advertisement 2

सभापति पौडेलले कोप–३१ मा नेपालको हितमा प्रभावकारी वार्ता गर्न आवश्यक आधार तयार पार्न सम्बन्धित सबै साझेदारसँग छलफल गरी आवश्यक दस्तावेज तयार गर्ने काम भइरहेको जानकारी दिए। उनले यस विषयमा समितिका सचिवलगायत सम्बन्धित कर्मचारीले विश्लेषणात्मक अध्ययन गरिरहेको बताए।

“हाम्रो सावधानीपूर्वक वार्ता गर्ने क्षमताको अभावले विगतमा धेरै दुःख पाएको जस्तो लाग्छ”, उनले भने, “राजनीतिक नेतृत्वको प्रतिबद्धता महत्वपूर्ण छ भने प्रक्रिया र प्राविधिक पक्षलाई व्यवस्थित गर्ने जिम्मेवारी कर्मचारीतन्त्रको हो।”

Advertisement 3

उनले कोप–३१ को तयारी तथा वार्ताका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर आवश्यक विषयमा संवेदनशील हुन सम्बन्धित पक्षलाई आग्रह गरे। वार्ताका लागि तथ्य र प्रमाणमा आधारित तयारी आवश्यक रहेको उल्लेख गर्दै उनले कर्मचारी तहबाट तथ्य र तथ्याङ्कसहित प्रस्तुत गरिएको विश्लेषणात्मक सामग्री महत्त्वपूर्ण रहेको बताए।

सभापति पौडेलले कोप–३१ का लागि नेपालको धारणा स्पष्ट बनाउन समितिले सम्बन्धित सरोकारवालासँग निरन्तर छलफल गर्ने बताए। बैठकमा समितिका सदस्य तथा सम्बन्धित मन्त्रालयका अधिकारीहरूले नेपालले कोप–३१ मा उठाउनुपर्ने जलवायु न्याय, जलवायु वित्त, हानि तथा क्षति, अनुकूलन तथा जलवायुजन्य विपद्का विषयमा धारणा राखेका थिए।

प्रकाशित :२०८३ आश्विन १४, बुधबार १५:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम