प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रतिनिधिसभाका सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
Advertisement 1
प्रतिनिधिसभाको आजको आकस्मिक समयमा भाग लिँदै सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुरको झोलुङ्गे पुलमा मङ्गलबार रातिको बाढीले क्षति पु¥याएको भन्दै छिटो बनाउने व्यवस्था मिलाउन माग गरे।
सांसद योगेश गौचन थकालीले अविरल वर्षापछि पहिरो र नदी कटानले मुस्ताङ्का पूर्वाधारमा गम्भीर क्षति पुगेको र कृषि पूर्वाधारमा पनि गम्भीर समस्या देखा परेको बताए। उनले लोमन्थाङ, थासाङ, बाराह मुक्ति क्षेत्र गाउँपालिकामा बाढी पहिरोले बढी क्षति पु¥याएको जानकारी दिए।
Advertisement 2
सांसद आरेन राईले मनाङमा गएको हिउँ पहिरोमा खोटाङका चार जना हराइरहेको जानकरी दिँदै तत्काल खोजी गर्न सरकारको ध्यानाकर्षण गराए। उनले त्रिपुरेश्वरमा आगलागी गरी निधन भएका चालक अर्जुन दोङ तामाङको परिवारसँग सरकारले कुनै कुराकानी नगरेको भन्दै तत्काल संवाद गर्न माग गरे।
सांसद प्रभा ढकालले वन्यजन्तुबाट हुने मानवीय क्षति कम गर्न सरकारको ध्यान पुग्न नसकेको भन्दै निकुञ्ज नजिकका मानिसले दुःख पाउने अवस्थाको अन्त्य गर्नुपर्ने माग गरे।
Advertisement 3
सांसद कमल सुवेदीले दाङका धेरै मानिस वैदेशिक रोजगारीमा गएका बेला निधन भई शव विदेशमै रहेको जानकारी दिँदै एकिन्द्र ओलीको दक्षिण कोरिया एवं वीरेन्द्र चौधरी र कमला विकको भारतमा निधन भएकाले शव ल्याउन माग गरे। नेपाली नागरिक रोजगारीका लागि जुनसुकै देशमा पुगे पनि तिनको सुरक्षाको व्यवस्था मिलाउन उनले सरकारको ध्यानाकर्षण गराए।
सांसद सृजना श्रेष्ठले धरानका ५६ वटा सामुदायिक विद्यालयमा शिक्षक अभाव भएको भन्दै सो विषयमा साना विद्यार्थीले धर्ना दिएर बसेकाले समस्या समाधानको माग गरीन्।
सांसद निनुकुमारी कर्णले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नियन्त्रणमा लिएको घटनाको विरोध गरीन्। सांसद अम्बिकादेवी सङ्ग्रौलाले सीमा नाकामा देखिएका समस्या समाधान गर्न सरकारसँग आग्रह गरीन्।








