कपिलबस्तुबाट काठ बरामद

कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिका १२ स्थित भगवानपुर भुदई ईलाकाबाट भाद्र १२ गते करीव २ लाख १० हजार रुपैयाँ बराबरको १० वटा गोलिया काठ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

Advertisement 1

भारतबाट नेपालतर्फ ल्याई लुकाई छिपाई राखेको उल्लेखित मुल्य बराबरको ६० क्युफिट सिसौको गोलिया काठ प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरले बरामद गरेको हो । बरामद काठ आवश्यक कारवाहीको लागि सब–डिभिजन बन कार्याल ठाकुरापुरमा बुझार्ईएको छ ।

प्रकाशित :२०८० भाद्र १३, बुधबार १२:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry